Logo

६ जेष्ठ २०८१, आईतवार

नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्न एनएफपिजे नेपाल टिम बंगलादेशमा


खबर ग्यालरी


साउन ५, काठमाडौं ।

कोरोना (कोभिड १९) को महामारीपछि लकडाउनले नेपालको अर्थतन्त्र र पर्यटकीय क्षेत्रमा ठूलो असर पारेको छ । नेपालको पर्यटकीय क्षेत्रले अहिले बिस्तारै गति लिईरहेको अवस्था छ ।

लकडाउन पछिको एमाईजिङ्ग नेपाल कस्तो छ त ? तस्विर मार्फत नेपाललाई देखाउनको लागि राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे नेपाल) का केन्द्रीय अध्यक्ष प्रदिपराज वन्त र केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठ नेपालको विभिन्न पर्यटकीय क्षेत्रहरुको फोटो लिएर फोटो प्रर्दशन गर्न आज बंगलादेश प्रस्थान गर्नुभएको छ ।

एनएफपिजे नेपालले दिएको जानकारी अनुसार तिन दिन बंगलादेशको विभिन्न सरकारी अफिस, व्यापारीक क्षेत्र, फोटोपत्रकार, पत्रकारहरुसंग भेटघाट, अन्तरकृया गरि आउँदो सोमबार बंगलादेशको ढाकामा बृहत एमाईजिङ्ग नेपाल नामक फोटो प्रर्दशन गर्ने कार्यक्रम रहेको एनएफपिजे नेपालले जनाएको छ ।

उक्त अबसरमा नेपाली दुतावास ढाका, नेपाली कुटनितिकज्ञहरु साथै बंगलादेशमा रहेका नेपालीहरुलाई उपस्थित हुन र सम्पर्क गर्नहुन समेत एनएफपिजे ले अपिल गरेको छ । 

फोटो प्रदर्शनी कुन ठाउँमा गर्ने जानकारी राष्ट्रिय फोटो पत्रकार समुहको फेसबुक पेज तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिने एनएफपिजे नेपालले जनाएको छ । 


प्रकाशित मिति: ५ श्रावण २०७९, बिहीबार २२:५१

प्रतिक्रिया दिनुहोस्