Logo

६ जेष्ठ २०८१, आईतवार

बंगलादेशमा ‘अमेजिङ नेपाल’शीर्षकमा नेपालका फोटो पत्रकार फोटो प्रदर्शनी मार्फत पर्यटन प्रर्वद्धन गर्दै


खबर ग्यालरी


बंगलादेश,

राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ ।
उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले आज ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गर्नुभएको छ । उहाँहरुले नेपाल आकर्षक पर्यटकीय क्षेत्र रहेकाले घेमेर मनोरञ्जन लिन आव्हान समेत गर्नुभएको थियो ।

अमेजिङ नेपाल नाम दिएर आज आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जन बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो ।

समुहका अध्यक्ष वन्तले राष्ट्रिय फोटो पत्रकार समुह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउनेक्रममा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बंगलादेश फोटो जर्नालिष्ट एसोसिएसन सँगको समन्वयमा उक्त कार्यक्रम गरेको हो  । उक्त समारोहमा बंंगलादेश फोटो जर्नालिष्ट एसोसिएसन ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेन लगायतका पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष हैदरले नेपाल र बंगलादेशबीच दशकौँदेखि सम्बन्ध प्रगाढ रहेको र यस्ता कार्यक्रमले सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले दुवै देशमा यस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालको राष्ट्रिय फोटो पत्रकार समुह र बंगदालेश फोटो जर्नालिष्ट एसोसिएसनबीच २०औँ वर्षदेखि भाइचारा सम्बन्ध कायम रहेको र सामुहिक रुपमा विभिन्न कार्यक्रहरु आयोजना हुँदै आएको छ । समुहको रजतमहोत्सवका अबसरमा समुहले वर्षभरी नै विभिन्न कार्यक्रम गर्ने अध्यक्ष वन्तले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ९ श्रावण २०७९, सोमबार २२:०८

प्रतिक्रिया दिनुहोस्