असोज २३, सल्यान ।
एक प्रतिनिधि सभा र दुइ प्रदेशसभा रहेकाे सल्यानमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभामा ६ जना र दुवै प्रदेश सभामा ५/५ जनाको उम्मेदवारी दर्ता भएको हो ।
प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, नेकपा एमालेका राजेन्द्र बिर राई, राप्रपाका नेत्रलाल श्रेष्ठ, नेकपा मालेका भीम बहादुर वलि, राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकाेटा र स्वतन्त्रबाट राजेन्द्र बहादुर शाहले उम्मेदवारी दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय सल्यानले जनाएकाे छ ।
त्यस्तै प्रदेश सभा (क) मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भिम प्रकाश शर्मा, नेकपा एमालेबाट कुल बहादुर गिरी, राप्रपाबाट शिव बहादुर वलि, स्वतन्त्रबाट एकराज डाँगी र तुले सुनुवारले उम्मेदवारी दिनुभएको छ ।
त्यसैगरी प्रदेश सभा (ख) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुरेश अधिकारी, नेकपा एमालेबाट गुलावजंग शाह, राप्रपाबाट नारायण कुमार शर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट डण्डबिर पुन र स्वतन्त्रबाट निर्मल सिंहले उम्मेदवारी दिनुभएको छ ।
प्रकाशित मिति: २३ आश्विन २०७९, आईतवार २०:१८



















