Logo

२५ बैशाख २०८१, मंगलवार

सल्यानी गायक पवन कुमार ओलीको झ्याउरे गीत ‘साईलो दाई’ सार्वजनिक


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


फागुन ५, सल्यान ।
सल्यानी गायक पवन कुमार ओलीको झ्याउरे गीत साईलो दाई युट्युबमा सार्वजनिक भएको छ । गीत कृष क्षेत्री युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

साईलो दाई बोलको गीतमा पवन कुमार ओली र सुनिता बुढा क्षेत्रिको स्वर, पवन कुमार ओली , हरि गन्धर्व र जानकी गन्धर्वको लय संकलन र शब्द रहेको छ । यस्तै गीतमा कृष क्षेत्री, तिलक ठकुरी क्षेत्री, ममता राना मगर लगायतका कलाकारहरुको प्रस्तुति रहेको छ भने गीतको निर्देशन तिलक ठकुरी क्षेत्रीले गर्नुभएको छ ।

गीतमा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीको नृत्य समेत देख्न सकिन्छ ।

साईलो दाई बोलको गीतमा सल्यानको शारदा नगरपालिका स्थित संगीत टोलका गन्धर्वहरुले विभिन्न मेला पर्वमा परापुर्बकाल देखि गाउदै आएको गीतलाई संकलन गरेर रेकड गरिएको गायक पवन कुमार ओलीले जानकारी दिनुभयो । साईलो दाई बोलको गित सल्यान जिल्लाको मौलिक भाका हो । यो गितमा हाम्रो माैलिकता भेट्न सकिन्छ । गीतका शब्दहरुले सल्यान र आसपासका जिल्लाहरुमा बोलिने भाषाहरुको झल्को दिनेछ गायक ओलीले भन्नुभयो । 

यस अगाडि वि.स. २०६७ सालामा ‘तिमिलाई के था’ भन्ने बोलको गीत सार्बजनिक गर्नुभएका ओली पर्व सल्यानी पत्रकार समेत हुनुहुन्छ भने अहिले उहाँ ब्यवसाहिक हिसाबले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्नुहुन्छ ।

यस्ता छन् साईलो दाई बोलको गीतका शब्दहरु :
साईलो दाई
१ केटाः यो हाट जाने यो हैनौ तिमि साईलो दाई हटारु पठाउने
यो माया लाउने यो हैनो तिमि साईलो दाई कलेजी कटाउने ।

केटी: यो आधा बारी सर्सु र साग साईलो दाई आधा त तिलबारी
ए माया तिमि कता पो जान्छौ साईलो दाई कलेजी निलपारी

२ केटाः यो आज बिवई (बिहिबार ) यो भोली सुकै (सुक्रबार ) साईलो दाई पर्सि त छन्चर (शनिबार)
यो तलाई सुख सबैले भन्छन साईलो दाई मन कस्ले देख्छर

केटीः यो सालघारी यो सल्लाघारी साईलो दाई रुख माथि छन रुख
आपत र बिपत परेको वेला साईलो दाई कोई हेदैनन मुख

३ केटाः यो आधा महिना मंसिरैको साईलो दाई भर (भरि महिना ) महिना पुसैको
यो आईस्याल (अर्कोसाल ) भन्नु यो मेरो हैन साईलो दाई जो बाच्ला उसैको

केटीः अई कहाँ जान्छस ए चिलगाडि ए साईलो दाई उडेर सगरैमा (आकासमा)
यो बाँचिम भने फेरी भेट हुम्ला साईलो दाई मरे त बगरैमा

४ केटाः धान बयाली खेल्न लाईगो साईलो दाई घारी खेतको कुना
यो बैस जान यो लाईगो बरै साईलो दाई मन त लाग्यो रुन

केटीः यो गौथलिले यो हिलो ल्यायो साईलो दाई तल नैनितालको
यो बाडुली यो किन लाग्छ साईलो दाई बिना माया जालको

हेर्नुहोस् भिडियो :


प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार १७:४५

प्रतिक्रिया दिनुहोस्