Logo

२५ बैशाख २०८१, मंगलवार

आर्टको क्यानभासमा रमाउने स्केच आर्टिस्ट हिमाल


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


सल्यान, २७ साउन ।
सामान्यतया कुनैपनि चित्र कोर्ने व्यक्तिले सिर्जनात्मक तरिकाले परिकल्पना गर्दा आएका दृश्यहरुलाई प्रयोग गर्दै चित्रकला वा मूर्तिकला जस्ता विधिबाट एउटा दृश्य सिर्जना गर्दछ भने त्यो आर्ट मानिन्छ ।

कतिपय आर्टको क्यानभास सहजै बुझने खालका हुन्छन् भने कतिपय आर्टको क्यानभासले निकै गहिरो अर्थ पनि राख्दछन् ।

एउटा परिकल्पनाको संसारलाई चित्रमा उर्तार्ने, विभिन्न मानिसहरुका तस्विरहरुलाई जस्ताको तेस्तै स्केच गरि उर्तार्ने, स्केच आर्टिस्ट सल्यानको बागचौर नगरपालिका वडा नम्बर ९ धामिढुंगा निवासी हिमाल डि.सी. को दिनचर्या आजभोली यसरीनै बितिरहेको छ ।

उहाँको जाँगर र मेहनतले अहिले उहाँलाई मूर्तिमा रंग भर्न, विभिन्न विद्यालयमा चित्र कोर्न, विभिन्न तस्विरहरुको स्केच उर्तार्न तथा आर्ट सम्बन्धी अन्य काम गर्न भ्याइनभ्याइ छ । सानैदेखि चित्र कोर्नमा सौखिन हिमाल डि.सी. ६ बर्षदेखि व्यावसायिक रूपमा चित्र कोर्न र आर्ट सम्बन्धि काममा व्यस्त हुनुहुन्छ ।

अहिलेसम्म करिव ६ सयको हाराहारीमा चित्रहरु कोरेका स्केच आर्टिस्ट डि.सी.ले आफनो सुत्ने कोठामा सुन्दर आर्ट बनाउने देखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) सँगै अन्य धेरै व्यक्तिहरुको चित्र समेत कोरिसक्नुभएको छ ।

प्रस्तुत छ, स्केच आर्टिस्ट हिमाल डि.सी. सँग खबर ग्यालरी डटकमका सम्पादक बामदेव के.सी. ले गरेको कुराकानीको सम्पादित अंशः

तपाईंले आर्टको क्यानभासलाई कसरी बुझनुभएको छ ?

आर्टको क्यानभास मेरो नजरमा एउटा छुट्टै रंगिन दुनियाँ हो । आर्ट निकै भावनामा डुबेर गरिने एउटा सुन्दर सिर्जना हो । यो झट्ट हेर्दा एउटा चम्किलो तारा जस्तै हो, जो हेर्दा निकै सुन्दर हुन्छ ।

आर्टमा तपाईंलाई कहिलेदेखी रुचि जाग्यो र कसरी आर्टिस्ट बन्न प्रेरित हुनुभयो ?

करिब ६ बर्ष अगाडि देखिनै मैले हल्काहल्का चित्र कोर्थे। त्यो बेला एकजना मान्छेको सक्कल निकाल्न निकै गारो थियो मलाई । तर मेरो मनमा एउटा भिन्नै अठोट थियो कि त्यो मान्छेको चित्र म जसरीपनि चित्रमा उर्तान सक्छु भन्ने, त्यो पछि गरेर देखाए पनि । त्सपछि यो क्षेत्रमा अझै केहि गर्नुपर्छ भन्ने भित्रैदेखि प्रेरणा प्राप्त भयो । तेहि कुरालाई मध्यनजर गरेर अहिले मैले काठमाडौंको ललितकलामा पनि अध्ययन गरिरहेको छु । जस्ले गर्दा मलाई अहिले सहज पनि भइरहेको छ ।

आर्टिस्ट बन्ने आफैंमा सजिलो कार्य भने होइन, यसमा निकै मेहनत पनि लाग्ने गर्दछ । कत्तिको मेहेनत गरिरहनुभएको छ यो क्षेत्रमा ?

मैले यो क्षेत्रमा निकै मेहेनत गरिरहेको छु । कुनैपनि काम भित्र मनैदेखि नगर्दा सम्म सफल भइदैन । मैले करिब ६ बर्ष देखि यो काम गर्दैगर्दा दिनमा एकदुई घण्टा यसमा समय दिरहेको छु, त्यसले गर्दा पनि आर्टिस्ट बन्न सजिलो भयो ।

अहिलेसम्म कति वटा स्केच बनाउनुभएको छ ? प्राय कस्ता स्केचहरु बनाउन रुचाउनुहुन्छ ?

अहिलेसम्म मैले करिब ५ सय देखि ६ सय सम्मको हाराहारीमा चित्रहरु कोरे । त्यसमा पनि रङ्गिन प्रोटेटहरु एकसय भन्दा बढी नै कोरेको छु । अहिले मैले भित्तामा वाल पेन्टिङ देखि लिएर उड आर्ट पनि सिक्दै छु । मलाई निकट भविष्यमा थ्रिडि आर्ट गर्ने इच्छा जागेको छ। करिब दुईबर्ष देखि मैले प्रोटेट कलर पेन्टिङ गरिरेको छु । यस्तै मलाई अहिले ट्याटु आर्ट तिरपनि रुचि गइरहेको छ।

आफनो काम प्रति सन्तुष्ट हुनुहुन्छ ?

आफनो काम प्रति सन्तुष्ट नै छु अहिलेसम्म । आर्ट क्षेत्रबाट पनि केही गर्न सकिन्छ कि भनेर निकै मेहेनत गरिरहेको छु । आर्ट क्षेत्रमा विकसित हुदै गएको नेपाल जस्तो देश, झनै सल्यान जिल्लाका मैलिक चिजहरुलाई आर्ट क्षेत्रबाट चिनाउन सकिन्छ कि भनेर अगाडि बढेको छु । आफनो काम प्रति सन्तुष्ट नै छु ।

एउटा स्केच बनाउन कति समय लाग्ने गर्दछ तपाईंलाई ?

एउटा स्केच बनाउन मलाई ५ देखि ६ घण्टा लाग्ने गर्दछ । यसमा सादा स्केचलाई २ घण्टामा पनि गराउने गरेको छु ।

सल्यानमा प्राय कमै मात्रामा आर्टिस्ट हुनुहुन्छ, भएका आर्टिस्टहरु पनि अन्य पेशामा आवद्ध हुदै गइरहेको परिवेश छ । यस्तो किन भइरहेको होला ?

पहिलो कुरा सल्यान जिल्लाको परिवेशमा कला क्षेत्रमा मान्छेहरुले कमै मात्रामा रुचि राख्दछन् । दोस्रो कुरा कला क्षेत्रमा स्थानिय सरकारहरुले पनि कुनै चासो देखाएको देखिदैन । सल्यानमा आर्टिस्टहरुलाई तालिमहरु, प्रशिक्षणहरु पनि खासै कहिकतै दिइएको देखिदैन । रुचि लागेर केहिले आर्ट गर्नुहुन्छ तर आर्थिक पक्षमा समस्या भएका कारण पनि बाध्यताले छोड्ने गर्नुहुन्छ । यस विषयमा सम्बन्धित निकायले चासोका साथ हेरिदिए राम्रो हुनेथियो ।

एउटा जिवन, जगत र विभिन्न परिवेशहरुलाई आर्टिस्टहरुले परिकल्पना गरेर चित्रमा उर्तादाको त्यो महत्वपुर्ण समयलाई तपाईंले कसरी बुझनुभएको छ ?

मैले चित्र कोर्दैगर्दा मलाई निकै आन्नद फिल हुन्छ । भित्रैदेखि गर्व महशुस हुन्छ । मैले जस्तो हिसाबले चित्र बनाउन खोज्छु ठ्याकै त्यस्तै भईदियो भने र चित्रमा तेहि कुरा आयो भने मलाई आत्मासन्तुष्टि हुन्छ । कुनै पनि व्यक्ति आफनो काममा खुशी हुन्छ भने त्यसलाई सफल भएको मान्नुपर्छ भन्ने लाग्छ मलाई ।

आर्टमा संक्षम भएका तपाईंहरु जस्ता युवाहरुका लागि आर्ट सम्बन्धी सीपमूलक तालिम तथा प्रशिक्षण कार्यक्रमहरु सल्यानमा किन संञ्चालन हुन नसकेको होलान् ?

कलाको दुनियाँमा सल्यान जिल्ला धेरै पछाडि छ । हाम्रो सल्यान जिल्लामा कुपिण्डे ताल छ, खौराबाङ मन्दिर छ, छत्रेश्वरी मन्दिर जस्ता धैरै सम्पदा छन् । ‘हाम्रो क्षेत्रमा मौलिक चिजहरु देखाउने ठाँउ छ, यसलाई आर्टका विभिन्न विधाहरुबाट पनि देखाउन सकिन्छ, तर यो सल्यानमा भएको दखिदैन ।’ आर्ट भनेको के हो अझै पनि धेरै मानिसहरुलाई यो बारेमा हामिले बुझाउन सकेका छैनौं, समस्या यहिँनीर छ । एउटा क्यामेराले कैद गर्न नसकेको कुरा एउटा आर्टले गर्नसक्छ । ‘कला भनेको एउँटा इतिहास हो जो सधैं जिबन्त भईरहन्छ ।’ सल्यानमा ललितकला सम्बन्धी अध्ययन नगरेका मान्छेहरु नभएका कारण पनि जिल्लामा यो क्षेत्र माथि उठ्न नसकेको हो भन्ने मलाई लाग्छ ।

तपाईंले व्यावसायिक रुपमा आर्ट सम्बन्धि कामपनि गरिरहनुभएको छ । आर्ट बनाएरै जिविकोपार्जन कत्तिको भइरहेको छ । यसमा आम्दानिको स्रोत कस्तो छ ?

यो आर्ट क्षेत्रमा शिलालेख भन्ने हुन्छ जुन ढुगामा लेख्ने चलन छ । यसमा हाम्रो स्कोप राम्रो देखिएको छ । जस्ले गर्दा जिविकोपार्जन पनि भइरहेको छ । अहिले विभिन्न विद्यालयहरुमा बोलाएर विभिन्न चित्रहरु कोर्ण पठाउने, विद्यालयको कक्षा कोठा देखि आफनो क्षेत्रको सिन बनाउने कामहरु पनि आईरहेको हुन्छ जस्ले गर्दा सहज भईरहेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

यो क्षेत्रमा छिर्दा मैले पहिलेदेखि मनैबाट इच्छा लगाएर काम गरे । अहिले बाहिरी जिल्लाबाट पनि कामहरु आईरहेका हुन्छन्, जस्ले गर्दा नेपालमा आर्ट क्षेत्रको भविष्य राम्रो छ भन्ने लाग्छ । त्यसैले यसलाई नै निरन्तरता दिने अठोटका साथ लागिरहेको छु । आर्ट क्षेत्रमै आउने चाहाना भएका अरुले फुर्सदको समयमा एकदुई घण्टा समय दिए यो काममा पोख्त हुदै जान सकिन्छ र यसमै रमाउन सकिन्छ । यो एकैचोटि हुनेकुरा होइन, यो विस्तारै सिक्दै जाने कुरा हो । समग्रमा भन्नुपर्दा आर्ट भनेको आफू आफैंमा रमाउने दुनिँया हो, यो नै एउटा रंगिन दुनिँया हो ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार १८:४२

प्रतिक्रिया दिनुहोस्