Logo

६ जेष्ठ २०८१, आईतवार

३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


मंसिर १७, सल्यान ।

अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

” समावेशी विकासका लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समानमुलक बिश्वका लागि उर्जावान सृजनशीलताको प्रावधान” भन्ने मुल नाराका साथ सल्यानको बागचाैर नगरपालिका वडा नम्बर २ खरिबोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
बागचाैर नगरपालिका, सिविस नेपाल, नेपाल नेत्र जोति संघ, र सिएमसि नेपालको आयोजना तथा फ्यालम नेपाल, बिएम जेट, सि बिएम नेपालको आर्थिक सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागि दिएको सेवासुबिधा निर्धक्क भएर लिनुपर्ने जोड दिएका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई अन्तरक्रिया कार्यक्रम भन्दा रोजगारीमुलक तालिम र जिविकोपार्जनमा सुधार हुने खालका कार्यक्रमहरु गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सी. वलीले अन्तरक्रिया कार्यक्रममा उठेका समस्याहरुको सुनुवाइ चाडैं हुने बताउनुभयो । उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो ‘अपाङ्गता भएका व्यक्तिहरुको मर्म र भावना बुझेका कारण अब चाडैं शिपमुलक तालिमको व्यवस्था गरिने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।’

यस्तै कार्यक्रममा बोल्दै बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवम् बागचाैर नगरपालिकाका नगर प्रबक्ता दिपेश डि.सी. ले अपाङ्गता भएका व्यक्तिहरु र जेष्ठ नागरिकहरुका लागि नगरपालिका र वडाबाट बजेट विनियोजन गरिएको र यसलाई चाडैं प्रभावकारी रुपमा अगाडि बढाउने बताउनु भएको छ । अपाङ्ग व्यक्तिहरुलाई समाजले हेर्ने दृस्ठिकोणमा आमूल परिवर्तन आएको र सबै सामाजिक रुपमा मिलेर बसेको उहाँको भनाइ छ ।

बागचाैर नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख रीता वलीको अध्यक्षता, बागचाैर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सी. वलीको प्रमुख आतिथ्यता, बागचाैर नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष एवम् नगर प्रबक्ता दिपेश डि.सी. को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बागचाैर नगरपालिका वडा नम्बर २ का वडा सदस्यहरु, नेपाल नेत्र जोति संघ (एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम) बागचाैरका सामुदायिक संयोजक भरत देवकोटा, सिएम सि नेपालका मनोसमाजिक परामर्शकर्ता गोपाल बुढाथोकी, सिविस नेपालका बागचाैर नगरपालिका सामाजिक परिचालक चुडामणी वली, बागचाैर नगरपालिका भित्रका विभिन्न ठाउँका अपाङ्गता भएका व्यक्तिहरु, स्थानीयहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यस्तै अन्तरक्रिया कार्यक्रम प्रचात र्‍याली सहित खरिबोट बजार समेत परिक्रमा गरिएको थियो ।

कार्यक्रमको संचालन सिविस नेपालका बागचाैर नगरपालिका सामाजिक परिचालक चुडामणी वलीले गर्नुभएको थियो ।


प्रकाशित मिति: १७ मंसिर २०७९, शनिबार १७:४३

प्रतिक्रिया दिनुहोस्