Logo

६ जेष्ठ २०८१, आईतवार

सल्यानको बागचौर नगरपालिकाका विभिन्न ठाउँमा नि:शुल्क मोतिबिन्दु तथा अप्रेसन शिविर हुने


खबर ग्यालरी


मंसिर २२, सल्यान ।
सल्यानको बागचौर नगरपालिकाका विभिन्न ठाउँमा नि: शुल्क मोतिबिन्दु तथा अप्रेसन शिविर संचालन हुने भएको छ ।
नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग, राप्ति आँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग र बागचौर नगरपालिका सल्यानको आयोजनामा उक्त शिविर संचालन हुन लागेको हो ।
शिविर  मंसिर २४ गते आधारभूत स्वास्थ्य केन्द्र बागचौर नगरपालिका वडा नं. ३ चौरपानी, २५ गते बाफुखोला स्वास्थ्य चौकि वडा नं. १२ बाफुखोला, मंसिर २५ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ११ पानीचौरमा हुने बागचाैर नगरपालिकाले जनाएको छ ।
त्यसैगरी २६ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ६ जामुनेचौर सोही दिन २६ गते कोटवारा स्वास्थ्य चौकी टाटके, २७ गते शिवरथ स्वास्थ्य चौकी वडा नम्बर ४ पेदिखोला, २७ गते वडा नम्बर ५ बाहुनथाना, २८ गते कोटमौला स्वास्थ्य चौकी वडा नम्बर ८ कोटमाैलामा शिविर संचालन हुनेछ ।
त्यस्तै मंसिर २८ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ९ खोरबारे र २९ गते र पुष १ गते वडा नम्बर २ थारमारेमा रहेको जनकल्याण क्याम्पसमा  संचालन हुने बागचौर नगरपालिका सल्यानले जनाएको छ । शिविरमा बिहान १० बजे देखि दिउसो २ बजे सम्म नाम दर्ता गर्न सकिनेछ ।

मोतिबिन्दु अप्रेशनका लागि छनोट भएकाहरुलाई मिति २०७९ मंसिर २९ देखि पुस १ गते सम्म जनकल्याण क्याम्पस बागचौर नगरपालिका थारमारेमा निःशुल्क अप्रेशन गरिने समेत बागचाैर नगरपालिकाले बताएकाे छ ।


प्रकाशित मिति: २२ मंसिर २०७९, बिहीबार ०८:३०

प्रतिक्रिया दिनुहोस्