Logo

६ जेष्ठ २०८१, आईतवार

धनिराम के.सी. स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कारबाट पत्रकार शंकर के.सी. सम्मानित


खबर ग्यालरी


पुस २५ , सल्यान ।
धनिराम के.सी. स्मृति स्वास्थ्य पोषण पत्रकारिता पुरस्कार पत्रकार शंकर के.सि. ले पाउनुभएको छ । नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष समेत रहनुभएका के.सी. नगद पुरस्कार सहित सम्मानित हुनुभएको हो ।

स्वर्गीय धनिराम के.सी. का सुपुत्र निरज के.सी. ले आफ्ना बुबा धनिराम के.सी. को स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै कोरोना महामारीको रोगबाट अकल्पनीय निधन भएकाले स्वास्थ्य पोषण क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान स्वरूप पुरस्कार वितरण गरिएको बताउनुभयो  । 

विगत लामो समय देखी स्वास्थ्य क्षेत्रको अहेबको सरकारी सेवाबाट काम गर्दै जनस्वास्थ्य अधिकृत सम्मको काम गरेको र सो क्षेत्रमा काम गर्दागर्दै धनिराम के.सि. को २०७८ जेठ ६ गते कोरोनाका कारण अकल्पनीय निधन भएको थियो ।

बुबाको स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै मृत्यु भएको र आफू पनि स्वास्थ्य तथा पोषण क्षेत्रमा काम गर्ने भएकाले बुबाको सम्झनामा पत्रकारलाई सम्मान गरिएको के.सि. ले बताउनुभयो । निकट भविष्यमा अक्षयकोष स्थापना गरेर स्वास्थ्य पोषणका क्षेत्रमा काम गर्ने पत्रकारलाई सम्मान गर्ने समेत उहाँले बताउनुभयो ।

यस्तै सल्यानको शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले स्वर्गीय धनिराम के.सी. को स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै अकल्पनीय निधन भएकोमा दुख व्यक्त गर्नुभयो । स्वास्थ्य नै सबैभन्दा ठुलो चिज भएकाले सबैभन्दा पहिले आफ्नो स्वास्थ्यलाई ख्याल गर्न सबै पत्रकारलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले नगरपालिकाले गरेका राम्रा नराम्रा कामको बारेमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने बताउनुभयो । ‘नगरपालिकाले गरेका हरेक गतिविधिलाई बाहिर ल्याउनुहोस्, त्यो चाहे राम्रो होस या नराम्रो पत्रकारिता क्षेत्रमा सकृय भएर काम गर्ने पत्रकारलाई सम्मान गर्ने योजना नगरपालिकाले बनाएको छ उहाँले भन्नुभयो ।’

कार्यक्रममा गैर सरकारी संस्था सल्यानका अध्यक्ष दिपेन्द्र शाही लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । पत्रकार शंकर के.सी. ले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भने सहसचिव बुद्धि पुनले गर्नुभएको थियो ।


प्रकाशित मिति: २५ पुष २०७९, सोमबार २०:२४

प्रतिक्रिया दिनुहोस्