Logo

६ जेष्ठ २०८१, आईतवार

नेपाल रेडक्रस सोसाइटी सल्यानको सभापतिमा यौवन प्रकाश श्रेष्ठ निर्वाचित


खबर ग्यालरी


माघ २९, सल्यान
नेपाल रेडक्रस सोसाइटी सल्यानको जिल्ला सभापतिमा यौवन प्रकाश श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

आइतवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न ३२ औँ बार्षिक जिल्ला सभा तथा ११ औँ जिल्ला अधिबेशनले श्रेष्ठलाई पुन जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।

यस्तै उपसभापतिमा डिल्ली प्रसाद जैसी, महिला उपसभापतिमा कुन्ति बस्नेत, मन्त्रीमा इन्द्र कुमार शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा मनविर बस्नेत, उपमन्त्रीमा जयराम सिंह र उपकोषाध्यक्षमा उत्तर कुमार केसी निर्वाचन मार्फत निर्वाचित हुनुभएको मतदान अधिकृत विरेन्द्र कुमार राईले जानकारी दिनुभयो । यस्तै महिला सदस्यमा तारा गिरी र तुल्सी कुमारी बस्नेत सर्वसम्मतले निर्वाचित हुनुभएको छ ।

यस्तै खुल्ला सदस्यमा कल्पना सेजवाल, ज्ञान प्रकाश शर्मा, प्रशान्त साहु, प्रेम बहादुर केसी, कुल प्रसाद भण्डारी, टेक बहादुर वली र भिउसेन नेपाली निर्वाचन मार्फत निर्वाचित हुनुभएको छ ।

मुख्यपदमा शनिवार नै सर्वसम्मत निर्वाचित भएपनि अरु पदमा भने सहमति हुन नसक्दा आइतवार निर्वाचन भएको हो । निर्वाचित नयाँ जिल्ला कार्यसमितीको कार्यकाल दुई बर्षको हुनेछ ।


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार २०:०३

प्रतिक्रिया दिनुहोस्