Logo

६ जेष्ठ २०८१, आईतवार

बागचाैर नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु : (फोटाे फिचर)


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


फागुन १०,सल्यान ।
सल्यानको बागचाैर नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।

जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेको खेल मैदानमा आज एक कार्यक्रमकको आयोजना गरि रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो । बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमको प्रमुख आतिथ्यतामा दोस्रो राष्ट्रपति रनिङ शिल्डको समुद्घाटन भएको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख गौतमले जनताले दिएको जिम्मेवारीलाई कुसलतापुर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्रोत र साधनको अभाव रहँदा-रहँदै खेलाडीहरुको उज्ज्वल भविष्यका निमित्त नगर सरकारबाट बजेट छुट्याई कार्यक्रम सम्पन्न गर्न लागेको उहाँले बताउनुभयो । दोस्रो राष्ट्रपति रनिङ शिल्डमा खेलाडीहरुले अनुशासीत, मर्यादित भएर खेल खेल्न र आयोजक टिमबाट भेदभावरहित, निष्पक्ष रुपले खेलाडीहरु छनोट गर्न आग्रह गर्दै खेलाडीहरुलाई उत्कृष्ट भै जिल्ला स्तरीय रनिङ शिल्डमा समेत खेलाडीहरुले बागचौर नगरपालिकाको नाम राख्न सफल हुने बिश्वास व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि बागचौर नगरपालिका उप-प्रमुख सुम्निमा डि.सी. वलीले बागचौर नगरपालिकाको समृद्धिका लागि जनताले दिएका सल्लाह, सुझावलाई अनुसरण गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले युवा भनेको उदाउँदा सुर्य भएकोले आफ्नो क्षमता र सिपलाई प्रदर्शन गरि उत्कृष्ट खेलाडी बन्न सम्पुर्ण विद्यालयका खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।

बागचौर नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास समितिका संयोजक एवम् वडा नं. १२ वडाध्यक्ष टिकाराम वलीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यपालिका सदस्य रेशम रसाइलीले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जनकल्याण नमुना माविका सहायक प्र.अ. तुल्सीराम बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,  सुरक्षा निकायका प्रतिनिधि, नगर भित्रका विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, पत्रकारहरु, विद्यार्थीहरु तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

आजबाट सुरु भएको रनिङ शिल्डमा नगरभित्रका ११ वटा  विद्यालयका खेलाडी विद्यार्थीहरु बिच भलिवल, कवड्डी, एथ्लेटिक्स र मार्सलआर्ट तर्फका कराँते र तेक्वान्दो खेल संचालन हुने नगरपालिकाले जनाएको छ । रनिङ शिल्ड फागुन १२ गते सम्म चल्ने बागचाैर नगरपालिकाले जनाएको छ ।

हेर्नुहोस् सल्यानको बागचाैर नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका तस्विरहरु :


प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार २०:४२

प्रतिक्रिया दिनुहोस्