Logo

६ जेष्ठ २०८१, आईतवार

बागचाैर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड जनकल्याण नमुना माविलाई


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


फागुन १२, सल्यान ।
सल्यानको बागचाैर नगर स्तरिय दोस्रो रास्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्यान नमुना माविले जितेको छ ।

प्रतियोगितामा २० स्वर्ण, ११ रजत र ४ कास्य पदक जितेर जनकल्यान नमुना मावि थारमारेले प्रथम स्थान हासिल गरको छ । त्यस्तै ८ स्वर्ण, ६ रजत र ७ कास्य सहित मावि बनेचौर लस्तम दोस्रो भएको छ । यस्तै  ४ स्वर्ण, ४ रजत र ९ कास्य पदक सहित सरस्वती मावि पेदिखोला तेस्रो भएको छ भने ३ स्वर्ण, ४ रजत सहित महेन्द्र मावि पिपलनेटा सान्त्वना भएको छ ।

फागुन १० देखि १२ गते सम्म संचालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सलआर्टका खेलहरुमा नगरपालिकाका ११ वटा माविका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाएका थिए ।

३ दिन सम्म संचालित प्रतियोगिताको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । बागचौर नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास समितिका संयोजक एवम् वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम वलीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको प्रमुख आथित्यता, बागचाैर नगरपालिकाका नगर उपप्रमुख सुम्निमा डि.सी. वलीको विशिष्ट आथित्यता रहेको थियो ।

समापन कार्यक्रममा बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिपेस डि.सी., विभिन्न वडाका वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नगर भित्रका विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, पत्रकारहरु, विद्यार्थीहरु, खेलाडीहरु तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

विभिन्न विधामा जित हासिल गरेका र उत्कृष्ठ बनेका खेलाडीहरुलाई र रेप्रीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले पदक तथा प्रमाणपत्र प्रदान गर्नुका साथै सम्मान गर्नुभएको थियो ।

जनकल्याण नमुना मावि थारमारेको खेल मैदानमा भएको समापन कार्यक्रमकोे संचालन उक्त बिद्यालयका सहायक प्र.अ. तुल्सीराम बस्नेतले गर्नुभएको थियो ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार १९:४६

प्रतिक्रिया दिनुहोस्