Logo

६ जेष्ठ २०८१, आईतवार

आहा ! ढकमक्क फूल्यो लालिगुराँस ( फोटाे फिचर )

सल्यानमा प्राय फागुन, चैत र वैशाख महिनामा लालिगुराँस फुल्ने गर्दछ ।


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


फागुन १६,सल्यान ।
अहिले लालिगुराँसले सल्यानका विभिन्न वनजंगललाई राताम्य बनाइदिएको छ । सल्यानका वनपाखालाई लालिगुराँसले ढकमक्क बनाइदिएपछि प्रकृतिमा सौन्दर्यताको चाङ लाग्न सुरु भएको छ । 

सल्यानका विभिन्न वनैभरी फुलिदिने लालिगुराँसले फागुन देखि वैशाखसम्म वनपाखालाई ढकमक्क बनाइदिन्छ । कसैले लालिगुराँसलाई नरोपे पनि, कसैले नहुर्काए पनि, कसैले मलजल नगरे पनि, कसैले स्यहार नगरेपनि लालिगुराँसले वनजंगललाई आफैं शोभायमान बनाइदिन्छ ।

सल्यानमा प्राय फागुन, चैत र वैशाख महिनामा लालिगुराँस फूल्ने गर्दछ । नेपालको रास्ट्रिय फूलका रुपमा समेत परिचित लालिगुराँस आफैमा सौन्दर्यताको प्रतिक समेत मानिन्छ । नेपालको निशान छापमा समेत लालिगुराँसलाई समावेश गरिएको छ ।

लालिगुराँसलाई गाउँघरतिर घरेलु औषधिका रुपमा समेत प्रयोग गर्ने प्रचलन छ । प्राय रातो रंगको लालिगुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । अनेक रंगमा फूल्ने लालिगुराँस नेपालमा ३३ प्रजातिका छन् भनेर विभिन्न किताबमा अभिलेख समेत राखिएको छ ।

हेर्नुहोस् सल्यानको बागचौर नगरपालिका वडा नम्बर ३ पुतलिबास र चोरपानी आसपासमा कैद गरिएका लालिगुराँसका १८ मनमोहक तस्वीरहरु :


प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार १७:०१

प्रतिक्रिया दिनुहोस्