Logo

६ जेष्ठ २०८१, आईतवार

गिट्टी कुटेर जीवन निर्वाह गर्ने महान आमाहरु : (भिडियो कथा)


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


फागुन २१, सल्यान ।
शनिबारको दिन विहानको १० बज्नै आट्यो । थारमारे चौरजहारी सडक खण्ड अन्तर्गत सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ घर भएका आमाहरु झिरमारे खोला नजिकै गिट्टी कुट्नमा ब्यस्थ देखिनुहुन्छ ।

यहीँ बाटो ओहोरदोहोर गर्दा गिट्टी कुटेर जीवन निर्वाह गर्ने यि महान आमाहरुलाई गिट्टी कट्दै गरेका दृश्यहरु तपाईंहरुको दिमागमा कैद होलान तर यो पटक मेरो क्यामेराको क्यानभसमा कैद भए ।

थारमारे, बागचौर, पिपलनेटा, दमाचौर, खरिबोट, बङ्गेलाखुरी हुदै जिमाली सम्म अहिले उहाँहरुले कुटेका गिट्टीहरु पुग्ने गरेका छन् । एक ट्याक्टर गिट्टी ३ हजारमा बिक्रि गरिरहनुभएका यि आमाहरूले यसैबाट भएको आमदानीले घरमा रासनपानी, नुन तेलको जोहो गर्नुहुन्छ । यति मात्र होइन गिट्टी कुटेर बचत भएको थोरै रकमले समुहको किस्ता समेत तिर्ने यी आमाहरूको भनाइ छ ।

घरको काम सँगै फुर्सदको समयमा गिट्टी कट्ने यी आमाहरुका लागि सरकारले स्वरोजगार मुलक कामको व्यवस्था गरिदियोस् भन्ने समेत चाहाना रहेछ ।

प्रस्तुत छ यि महान आमाहरूसँग गरिएको कुराकानीको सम्पादित भिडियो अंशः


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार १९:२५

प्रतिक्रिया दिनुहोस्