Logo

६ जेष्ठ २०८१, आईतवार

क्रिकेट विश्वकप छनोटमा पुग्यो नेपाल : डकवर्थ लुइसका आधारमा युएईविरुद्ध नेपाल विजयी


खबर ग्यालरी


चैत २,काठमाडौँ 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीय क्रिकेटमा नेपालले जित हासिल गरेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो ।

यो सँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण डकवर्थ लुइसका आधारमा नेपालले ९ रनले खेल जितेको छ । तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ रन बनाएको थियो ।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल DLS मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार १८:०६

प्रतिक्रिया दिनुहोस्