Logo

६ जेष्ठ २०८१, आईतवार

बागचौर नगरपालिका वडा नम्बर ९ का उद्यमीलाई बाख्रा वितरण


खबर ग्यालरी


चैत ९, सल्यान ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ९ का २६ जना उद्यमीलाई बाख्रा वितरण गरिएको छ ।

बागचाैर नगरपालिकाको आयोजनामा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बागचौर नगरपालिका वडा नम्बर ९ का जनपहिचान लघु उद्यमी समूहलाई १३ र मखंलाम लघु उद्यमी समूहलाई १३ गरि जम्मा २६ जना उद्यमीलाई बाख्रा वितरण गरिएको हाे ।   

समुदायमा रहेका व्यवसाय गर्न चाहाने बेरोजगार महिला उद्यमीहरुलाई लघुउद्यम बाट आत्मनिर्भर बन्नका लागि उद्यमशिलता विकासका तालिमहरु, प्राविधिक शीप विकासका तालिमहरु लिएर उनीहरूको ब्यवसाय विस्तार तथा सुधार गर्नका लागि बाख्रा वितरण गरिएको बागचाैर नगरपालिका उद्योग विकास शाखामा कार्यरत साेभाराम खड्काले जानकारी दिनुभयो ।

लघु उद्यमीहरूको हौसला बढाएर उनीहरूको आर्थिक स्थिति बदल्न नगरपालिकाका अन्य ११ वटा वडाहरु पनि यस्ता किसिमका कार्यक्रमहरु संचालन भइरहेको उहाँको भनाइ छ ।

बागचाैर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष यज्ञ बहादुर डाँगीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथी नगर उप-प्रमुख सुम्निमा डि.सी. वली, बागचाैर नगरपालिका उद्योग विकास शाखामा कार्यरत साेभाराम खड्का र निर्मला बस्नेत लगायत वडावासीहरुकाे उपस्थिति रहेकाे थियो ।   

  तस्विर : सन्जीव देवकोटा


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार १९:२३

प्रतिक्रिया दिनुहोस्