Logo

६ जेष्ठ २०८१, आईतवार

आजबाट नयाँ वर्ष २०८० सुरु


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


वैशाख १, सल्यान ।

विक्रम सम्वत २०८० को पहिलो दिनको प्रारम्भ सँगै नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ ।

वैशाख १ गते नयाँ वर्षको पहिलो दिन सल्यान सहित नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । 

सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा समेत रहेको छ ।

आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गरि नँया वर्ष मनाउने गरिन्छ ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार ०६:५९

प्रतिक्रिया दिनुहोस्