वैशाख ३, सल्यान ।
माटोको ढिस्कोले पुरिदा सल्यानमा दुई व्यक्ति घाइते भएका छन् ।
आइतबार करिव दिउँसो पाउने तीन बजेको समयमा सडक नजिकै काम गर्ने क्रममा जिल्लाको बागचौर नगरपालिका २ स्थित ठिनवाङ खोलामा माटोको ढिस्कोले पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ठिनवाङ खोलामा वा.२.क. २४०० नम्बरको ( हमाल कन्ट्सनका) जेसिवि चालक शारदा नगरपालिका १३ वस्ने वर्ष २५ का सुमन योगिले तार जालि भर्ने खाडल खनिरहेको अबस्थामा सोहि स्थानमा काम गरिरहेका बागचौर नगरपालिका १ धारापानि निवासी अन्दाजी वर्ष १७ का नबिन के.सी. र अन्दाजी वर्ष २५ का राजन बस्नेत ३ मिटर माथिबाट आएको माटोको ढिस्कोले पुरिएर घाइते हुनुभएको हो ।
माटोको ढिस्कोले पुरिएका व्यक्तिहरुको तत्काल उद्दार गरि स्थानिय जनप्रिय पोलिक्लिनिक बागचाैरमा ल्याइ सामान्य उपचार पश्चात नबिन के. सि. को अवस्था सिरियस भएपछि उँहालाई थप उपचारको लागि जिल्ला अस्पताल सल्यान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
माटोको ढिस्कोले पुरिएका राजन बस्नेतको भने जनप्रिय पोलिक्लिनिक बागचाैरमा उपचार भइरहेको र दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले जेसिवि चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
#सांकेतिक_तस्विर
प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार १६:०५

