Logo

९ श्रावण २०८३, शनिबार

सल्यानमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु : एक घाइते


खबर ग्यालरी


वैशाख ३, सल्यान ।

सल्यानमा माटोको ढिस्कोले पुरिदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका २ स्थित ठिनवाङ खोलामा जेसिविले तार जाली भर्न खाडल खनिरहेको अवस्थामा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर बागचौर नगरपालिका १ धारापानीका अन्दाजी १७ वर्षीय नवीन केसी र सोही ठाउँका अन्दाजी २५ वर्षीय राजन बस्नेत घाइते हुनुभएको थियो ।

माटोको ढिस्कोले पुरिएका व्यक्तिहरुको तत्काल उद्दार गरि स्थानिय जनप्रिय पोलिक्लिनिक बागचाैरमा ल्याइ सामान्य उपचार पश्चात नबिन के. सि. को अवस्था सिरियस भएपछि नवीन केसीलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाएकोमा आइतबार दिउँसो ३:४५ मा डाक्टरले नवीन केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अहिले जेसिवि चालक शारदा नगरपालिका १३ वस्ने वर्ष २५ का सुमन योगि प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

#सांकेतिक_तस्विर


प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार १७:०५

प्रतिक्रिया दिनुहोस्