वैशाख १०, सल्यान ।
सल्यानको बागचाैर नगरपालिका बागचाैरमा ५ दिने आधारभूत पत्रकारिता तालिम आजबाट सुरु भएको छ ।
बागचाैर नगरपालिकाकाे आयोजनामा र उज्यालो सञ्चार केन्द्र सल्यानकाे सहजीकरणमा ५ दिने पत्रकारिता तालिम आज देखि सुरु भएको हो ।
बागचाैर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी. को अध्यक्षता एवम् नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा आज एक कार्यक्रम बिच तालिमकाे उद्घाटन गरिएको हाे ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले लोकतन्त्रको रक्षाका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कार्यक्रम बोल्दै उहाँले समृद्ध बागचाैर निर्माणका लागि पत्रकारको अहम भूमिका रहने भएकाले बागचाैर नगरपालिकालाई सञ्चारमैत्री नगर बनाउन र सञ्चार क्षेत्रकाे विकासका लागि आफू सधैं सकारात्मक रहको बताउनुभयो । कार्यक्रम बोल्दै उहाँले मुलुकमा विभिन्न समयमा भएका परिवर्तन र विभिन्न आन्दोलनमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै ५ दिने पत्रकारिता तालिमबाट दक्ष पत्रकार उत्पादन हुने विस्वास समेत व्यक्त गर्नुभयो ।

पत्रकारिता तालिममा बाेल्दै वडा नम्बर -२ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता दिपेश डि.सी.ले केही वर्ष पहिले सम्म पत्रकारिता तालिम सिक्नकै लागि जिल्ला बाहिर सम्म जानुपर्ने बाध्यताको अब अन्त्य रहेको बताउनुभयो । बागचाैर नगरपालिकामा हाल रेडियो र डिजिटल अनलाइन पत्रिकाहरु संचालनमा रहेको बताउदै नगरपालिकाले सञ्चार क्षेत्रकाे विकास र पत्रकार उत्पादनमा लगानी गर्दै आयको बताउदै पत्रकारिता तालिमबाट सिकेको ज्ञानलाई सहभागीहरुले व्यवहारमा उतारेर अगाडि बढ्न अनुराेध गर्नुभयो ।
पत्रकारिता तालिममा आमसञ्चार, मिडियाले समाजमा पारेको प्रभाव, कार्यक्रम उद्घोषण, समाचार संकलन तथा वाचन, सञ्चारमाध्यम र यसका कानुनी आधार, फोटोग्राफी तथा पत्रकारिताको आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिईने उज्यालो सञ्चार केन्द्रका सहजकर्ता बुद्धिप्रकाश हमालले जानकारी दिनुभयो ।

तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य डिल्लीराज रावत, रास्ट्रिय फोटाे पत्रकार समूह सल्यानका अध्यक्ष बामदेव के.सी., नेपाल पत्रकार महासंघ सल्यानका सदस्य सन्जीव देवकोटा लगायतले प्रशिक्षण दिनुभएको थियो ।

उक्त तालिमकाे उद्घाटन कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेश डि.सी. , निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि कठायत, कार्यपालिका सदस्य रेशम बि.क. लगायतका अतिथिकाे उपस्थिति रहेको थियो भने उद्घाटन कार्यक्रमकाे सहजीकरण पत्रकार सन्जीव देवकोटाले गर्नुभएको थियाे ।

बागचाैर नगरपालिका भित्रका ३६ जना प्रशिक्षार्थीको सहभागीता रहेको पत्रकारिता तालिम वैशाख १० गतेबाट सुरु भई वैशाख १४ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: १० बैशाख २०८०, आईतवार २१:२१

