वैशाख १५,सल्यान ।
राप्ती राजमार्ग अन्तर्गत बाङ्गेलाखुरी – पेदीखोला सडक स्तरोउन्नति गर्नका लागि सवारी आवागमन बन्द गरिने भएको छ । राजमार्ग अन्तर्गत शितलपाटी खौलापास सडक खण्डमा पर्ने बाङ्गेलाखुरी – पेदीखोला सडक स्तरोउन्नति गर्न पुर्ण रुपमा सडक बन्द गरिने भएको हो ।
बागचौर नगरपालिकामा पर्ने बाङ्गेलाखुरी – पेदीखोला सडक स्तरोउन्नति गर्न बैशाख २० गते देखि २७ गते बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म र राती ८ बजे देखि राती १२ सम्म पुर्ण रुपमा सवारी आवागमन बन्द गरि सडक स्तरउन्नति गरिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सडक स्तरउन्नती गर्दा काममा समस्या हुने भएकाले ८ दिन सवारी आवागमन बन्द गरि काम गरिने प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले बताउनु भयो ।
तिन किलोमिटर क्षेत्रमा पर्ने आरोलोमा कटिङ, ग्याविङ लगाउनु पर्ने भएकाले सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने सक्ने भएका सडक पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यलय सल्यान सँग समन्वय गरेर यातायात व्यवसायी सहित सबै सँगको सहकार्यमा सवारी आवागमन बन्द गरिने भएको हो । अहिले राप्ती राजमार्गमा लागेका अधिकांश ठेक्काका काम सुरु भई सकेको र ढिलाई भएका खण्डका काम पनि तत्काल सुरु गर्न पहल गरिएको प्रमुख अधिकारीले बताउनु भयो ।
यस्तै बाङ्गेलाखुरी – पेदीखोला सकड स्तरउन्नति गरिने समयमा हलुका सवारी साधनले वैकल्पिक सडक पेदिखोला देखि खरिबोट प्रयोग गर्न सकिने समेत जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार २०:५५

