Logo

६ जेष्ठ २०८१, आईतवार

मध्यपहाडी लोकमार्गले फेरिएका बस्तीहरु : फोटो फिचर


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


असार ४, सल्यान ।
मध्यपहाडी लोकमार्गका कारण विभिन्न बस्तीहरुको मुहार फेरिन थालेको छ ।

केही वर्ष अघिसम्म सामान्य ग्रामीण बस्तीमा मात्र सिमित रहेका विभिन्न ठाउँहरु मध्यपहाडी लोकमार्ग सडककै कारण अहिले विकसित भएका छन् । मध्यपहाडी लोकमार्गका कारण व्यापार–व्यवसाय बढेपछि यो सडक क्षेत्रका स्थानीयहरुको आर्थिक जीवनमा समेत परिवर्तन आएको छ ।

तस्विरमा रूकुम पश्चिमको साँख गाउँ

पूर्वमा नेपाल-भारत सीमानाको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल-भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । यो राजमार्गको पूर्व पश्चिम लम्बाइ १८७९ कि.मि. रहेको छ।

तस्विरमा मध्यपहाडी लोकमार्ग ।

मध्यपहाडी लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ८० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुगेको छ ।

तस्विरमा पुर्बी रुकुमको सदरमुकाम रुकुमकोट

मध्यपहाडी लोकमार्गले ग्रामीण क्षेत्रमा समेत समृद्धिको ढोका खोलेको त छ नै यसले कृषि उत्पादनको बजारीकरण र खाद्यान्न ढुवानीमा समेत सहजता ल्याएको छ ।

तस्विरमा मध्यपहाडी लोकमार्गको पुर्बी रुकुमको सदरमुकाम रुकुमकोट जाने बाटो

मध्यपहाडी लोकमार्ग क्षेत्रमा पर्ने करिब आधा दर्जन ग्रामीण बस्ती सहरमा रूपान्तरण भएका छन् भने विभिन्न गाउँहरु पर्यटनको नयाँ आयाम बन्न पुगेका छन् । मध्यपहाडी लोकमार्गले विभिन्न गाउँलाई पर्यटनसँग जोड्दै आर्थिक उन्नतीको बाटो तर्फ अग्रसर गराएको छ।

तस्विरमा पूर्वी रुकुमको लुकुम गाउँ  

सुविधाको खोजीमा अन्यत्र बसाइँ सर्ने तयारीमा रहेका मध्यपहाडी लोकमार्ग क्षेत्रका कतिपय स्थानीय अहिले पुरानै बसाइँलाई व्यवस्थित गर्नतिर लागेका छन् ।

तस्विरमा मध्यपहाडी लोकमार्ग ।
तस्विरमा पूर्वी रुकुमको लुकुम गाउँ  
तस्विरमा पूर्वी रुकुमको लुकुम गाउँ  
तस्विरमा बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार

तस्विरहरु मध्यपहाडी लोकमार्गको पश्चिम् रुकुम देखि पुर्बी रुकुम हुँदै बागलुङ सम्म कैद गरिएका हुन ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार २१:३६

प्रतिक्रिया दिनुहोस्