Logo

६ जेष्ठ २०८१, आईतवार

स्वर्गीय भिम वलीको सम्झनामा निशुल्क रुपमा बिरुवा वितरण


खबर ग्यालरी


असार २७, सल्यान ।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ बागचाैरमा रहेको जनप्रिय पोलिक्लिनिकले निशुल्क रुपमा कागतीका बिरुवाहरु वितरण गरेको छ।

जिल्लाको बागचाैर नगरपालिका वडा नम्बर २ थारमारेमा हिजो मंगलबार शारदा नगरपालिका वडा नम्बर २ लाई करिव ८ हजार बढि विरुवाहरु निशुल्क रुपमा वितरण गरिएको हो ।

बागचाैरमा रहेको जनप्रिय पोलिक्लिनिकका संचालक स्वर्गीय भिम वलीको सम्झनामा निशुल्क रुपमा विरुवा वितरण गरिएको बागचाैर- ९ निबासी प्रभाकर वलीले जानकारी दिनुभयो ।

‘हामीले स्वर्गीय दाई भिम वलीको सम्झनामा शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सविन हमाललाई निशुल्क रुपमा कागतीका विरुवा वितरण गरेका छाैं, यसले त्यहाँका किसानहरुलाई कागती उत्पादन गरेर जीवन निर्वाह गर्ने सजिलो हुने हामीले विस्वास लिएका छाैं वलीले भन्नुभयो ।’


प्रकाशित मिति: २७ असार २०८०, बुधबार ०९:०९

प्रतिक्रिया दिनुहोस्