Logo

६ जेष्ठ २०८१, आईतवार

सल्यान दृष्टिकोणको पहलमा एसईईमा उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीलाई छात्रवृत्ति दिइने


खबर ग्यालरी


असार २८, सल्यान ।
सल्यान दृष्टिकोणको पहलमा सल्यान जिल्लाबाट यस बर्षको एसईईमा उत्कृष्ट जिपिए प्राप्त गरेका एक जना बिद्यार्थीलाई कक्षा ११ र १२ मा पुर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ।

सल्यान दृष्टिकोणको पुर्व प्रतिबद्दता अनुरुप छात्रवृत्ति उपलब्ध गराइने सल्यान दृष्टिकोणका संयोजक धुर्वराज वलीले जानकारी दिनुभयो।

ललितपुरको कुमारीपाटीमा अबस्थित ओमेगा कलेजले उपलब्ध गराउने उक्त छात्रवृत्ति दाबी गर्नको निम्ती अबको तीन दिनभित्र सल्यान दृष्टिकोणसँग सम्पर्कमा आइ कलेजमा जोडिसक्नुपर्ने वलीले जानकारी दिनुभयो।

तीन दिनभित्र सम्पर्कमा आउन नसकेको अबस्थामा या उक्त छात्रवृत्ति लिन नचाहेको खण्डमा अर्को उत्कृष्ट जिपिए ल्याउन सफल बिद्यार्थीलाई छात्रवृत्ति प्राप्त हुने सल्यान दृष्टिकोणका संयोजक धुर्वराज वलीले बताउनुभयो। 


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार २१:५७

प्रतिक्रिया दिनुहोस्