Logo

२५ बैशाख २०८१, मंगलवार

सल्यानको शारदा नगरपालिकाद्वारा श्रीनगर बजारमा सिसि क्यामेरा जडान


खबर ग्यालरी


सल्यान,१६ साउन ।
सल्यानको शारदा नगरपालिकाले जिल्लाकै प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा सिसि क्यामेरा जडान गरेको छ ।

पछिल्लो समयमा बजार क्षेत्रमा सडक दुर्घटना तथा चोरीका घटना बढ्न थालेपछी घटनाहरुको पहिचान गर्न र बजार क्षेत्रलाई सुरक्षित राख्नका लागि श्रीनगर बजारका विभिन्न भागहरुमा सिसि क्यामेरा जडान गरिएको शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बजारका सबै क्षेत्रलाई समेट्ने गरि ८ थान सिसि क्यामेरा जडान गरिएको र त्यसको रेखदेख र सुरक्षाको जिम्मा इलाका प्रहरी कार्यालय श्रीनगरलाई दिइएको समेत उहाँले जानकारी दिनुभयो ।

यस्तै यसै आर्थिक बर्षमा नगरका अन्य बजार क्षेत्र, बरला, मार्के, दुल्धारापोखरा लगायतका ठाँउमा पनि सिसि क्यामेरा जडानको काम गर्ने नगरपालिकाले जनाएको छ ।

यस अघि नै सल्यान सदरमुकामका विभिन्न ठाँउमा नगरपालिकाले सिसि क्यामेरा जडान गरिसकेको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार ०७:३५

प्रतिक्रिया दिनुहोस्