Logo

२४ बैशाख २०८१, सोमबार

बागचाैर नगरपालिकाका नगर प्रमुख द्वारा विभिन्न विषयमा ध्यानाकर्षण पत्र सार्वजनिक

फेक आईडी तथा ग्रुप बनाई कार्यालयका कामकारवाहीको विषयमा कार्यालयलाई नै हानी पुग्ने गतिविधि उपर विशेष निगरानी राखिएको हुँदा कानून बमोजिम कार्बाही प्रक्रिया अगाडी बढाउने समेत नगर प्रमुख गाैतमले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


खबर ग्यालरी


भदौ २४, सल्यान ।

सल्यानको बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको ध्यानाकर्षण पत्र सार्वजनिक भएको छ । नगर प्रमुख गाैतम द्वारा बागचाैर नगरपालिकाका विभिन्न विषयबारे आइतबार ध्यानाकर्षण पत्र सार्वजनिक भएको हो ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले कर्मचारीको सरुवा नियमित प्रक्रिया भएको बताउदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०८० श्रावण २४ गतेको निर्णय अनुसार नगरपालिकामा उप-सचिवलाई सरुवा गरिएको र अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृतको २०८० श्रावण २५ गतेको निर्णय अनुसार सरुवा भएको नगर प्रमुख गाैतम द्वारा आज जारी भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

एउटा स्थानीय तहमा संघीय निजामती सेवा बाट एकजना प्रमुख प्रशासकीय अधिकृत खटाउने व्यवस्था रहेको र सरुवा भई जाने र सरुवा भई आउने कर्मचारीको एउटै टिप्पणी मार्फत सरुवा हुनुपर्नेमा एउटा स्थानीय तहमा एकै समयमा दुईवटा प्रमुख प्रशासकीय अधिकृत खटाउनुले स्वाभाविक सरुवा नभई पूर्वाग्रही रहेको आइतबार जारी गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यता बागचाैर नगरपालिकामा खटाइएका उप-सचिव उदय बहादुर पराजुलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो व्यक्तिगत कारणले जान नसक्ने भनी निवेदन समेत पेश गरेकाे जारी गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तै नगरपालिकामा कार्यरत कर्मचारी विशाल वलीको काज फिर्ता भएको साचो भएको तर उक्त समयमा उहाँको श्रीमतीको लडेर ढाडमा समस्या भएकोले हेरचाह गर्न केही समयका लागि काजमा खटिएकै स्थानमा रही कामकाज गर्न पाउ भनी कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएकोले रमाना नलिई बस्नुभएको जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ । निज विशाल वलीको श्रीमतीको स्वास्थ्य अवस्था ठिक भइ रमाना लिन चाहेको अवस्थामा एक सेकेन्ड पनि कार्यालयको तर्फबाट नरोकिने समेत नगर प्रमुख गाैतमले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमको कार्यकाल १ वर्ष पनि पूरा नभएको, सरुवाका लागि निजले निवेदन पनि पेश नगरेको र नगरपालिकाको तर्फबाट समेत सरुवाका लागि कुनै आधिकारिक पत्राचार नगरेको अवस्थामा भएको सरुवा आफैंमा शंकास्पद रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । कसैको स्वार्थ सिद्धि हुन नसक्दा कर्मचारीलाई राजनीतिक द्वन्द्वको सिकार बनाउनु कानुनी राज्यको अवमुल्यन भएको जारी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

बागचाैर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत एक कर्मचारी मात्र नभएर यसै पालिकाको जिम्मेवार नागरिक समेत भएकोले सम्पुर्ण नगरबासीहरुको लागि गौरवको विषय रहेको समेत नगर प्रमूख गाैतमले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यस्तै, भारी संख्यामा मेसिनरी औजार खरिद गरेको भन्ने सम्बन्धमा नगर सभाबाट पारित आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रम मार्फत उक्त कार्यका लागि बजेट विनियोजन भएको र नगरकार्यपालिकाले मोटरसाइकल, स्काभेटर, रोलर र टिपर खरिद गर्ने भनि निर्णय गरेको र कार्यपालिकाको निर्णय अनुसार आन्तरिक स्रोतबाट खरिद गर्न सकिने प्रावधान भएकाले सबै साधनहरु बिद्धुतिय खरिद प्रक्रिया (ई-बिडिङ) अन्तर्गत बोलपत्रको माध्यम द्वारा खरिद गरिएको, जुन खरिद प्रणाली सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम गरिएकोले उक्त विधि सबैभन्दा पारदर्शी विधि भएको समेत जारी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, बागचाैर नगरपालिकाको शिक्षक पदपूर्ति सम्बन्धमा नगरकार्यपालिका मार्फत नगर अनुदान शिक्षक व्यवस्थापन कार्यविधि, २०८० पारित गरी सोही आधारमा आवश्यकता पहिचान भएका विभिन्न तहका १२५ जना नगर अनुदान शिक्षकको समावेशी आधारमा खुल्ला प्रतिस्पर्धाको माध्यमद्वारा पदपुर्ति गर्न, विज्ञापन प्रकाशित भई प्रथम पत्रको परीक्षाको नतिजा समेत प्रकाशित भईसकेपछि दोस्रो चरणको परीक्षाको तयारीमा रहेको अवस्थामा उक्त परीक्षा प्रति चित्त नबुझी उच्च अदालत सुर्खेतमा मुद्दा दायर भएकोमा अदालतको आदेश बमोजिम अन्तरिम फैसला बमोजिम हुने गरी हाललाई दोस्रो चरणको परिक्षा स्थगन गरिएको समेत जारी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

प्रशासनिक संयत्रलाई निहित स्वार्थको बहानामा कर्मचारीको सरुवा गरि दुःख दिने मनसाय राखि कार्यालयलाई अस्थव्यस्त बनाउने उद्देश्यले सामाजिक सञ्जालमा दुष्प्रचार गर्ने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै, त्यस्ता फेक आईडी तथा ग्रुप बनाई कार्यालयका कामकारवाहीको विषयमा कार्यालयलाई नै हानी पुग्ने गतिविधि उपर विशेष निगरानी राखिएको हुँदा कानून बमोजिम कार्बाही प्रक्रिया अगाडी बढाउने समेत नगर प्रमुख गाैतमले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

कसैको व्यक्तिगत स्वार्थ सँगै जोडिएर कर्मचारीहरु प्रति लगाउने लाञ्छनाले सम्पुर्ण कर्मचारीहरुको मनोवल गिराउनुका साथै सार्वजनिक सेवा प्रवाहमा समेत नकारात्मक असर देखिएको जारी ध्यानाकर्षण पत्रमा उल्लेख छ। कसैको व्यक्तिगत जीवनमा पर्ने दुष्प्रभाव र दुष्प्रचारको सिकार कोहि हुन नपरोस भन्ने अपेक्षा लिएको र समृद्ध बागचाैर निर्माणका लागि सबैको सकारात्मक सल्लाह सुझाव सहित साथ सहयोगको अपेक्षा गरिएको समेत बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आइतबार जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यस्तो छ ध्यानाकर्षण पत्र:


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार २१:०६

प्रतिक्रिया दिनुहोस्