Logo

८ श्रावण २०८३, शुक्रबार

सल्यानमा बस दुर्घटना : दुई जनाको मृत्यु


खबर ग्यालरी


असोज २०, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाको मुलपानी नजिकै यात्रुबहाक बस दुर्घटनामा परेको छ । बस दुर्घटनामा परि दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ निवासी बर्ष ३१ कि सुनिता सुनार र सल्यान त्रिवेणी गाउँपालिका-६ निवासी अन्दाजी बर्ष ४४ कि अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस मुलपानी बनस्पति कार्यालय नजिकै करिब ३ बजे दुर्घटनामा परेको थियो ।

बसमा करिब २२ जना यात्रुहरु सबार थिए भने अहिले १४ जना घाइतेहरुलाई उपचारका लागि दाङ तर्फ पठाइएको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार १६:२०

प्रतिक्रिया दिनुहोस्