Logo

६ जेष्ठ २०८१, आईतवार

 टी–‍२० विश्वकप एसिया छनोट क्रिकेट खेलमा नेपाली टाेलिलाई पुरस्कारको ओइरो


खबर ग्यालरी


कार्तिक १५, सल्यान ।
टी–‍२० विश्वकप एसिया छनोटको क्रिकेट खेलमा नेपाली टाेलिलाई पुरस्कारको ओइरो लागेको छ ।

नेपाली टाेलिलाई पुरस्कारले हाैसला प्रदान गर्नका लागि विभिन्न क्षेत्रले पुरस्कारको घोषणा गरेका हुन ।

यस अगाडि नै पुरस्कारको घोषणा गर्नेमा अर्ना बियरले प्रत्येक रन स्कोर बराबर रु १ हजार, प्रत्येक चाैका बराबर १० हजार, (प्रत्येक रन स्कोरमा अतिरिक्त) प्रत्येक छक्का को २० हजार (प्रत्येक रनको अतिरिक्त) प्रत्येक डट बलको १ हजार, प्रत्येक मेडेन ओभरको १० हजार, क्याच, रन आउट वा स्टम्पिङको २५ हजार, प्रत्येक विकेट लिएको २५ हजार पुरस्कारको घोषणा गरेको हो ।

यस्तै, विश्वकप छनोटमा शतक प्रहार गर्ने खेलाडीलाई डिसहाेमले १० लाख रुपैयाँ दिने भएको छ । एकै खेलमा शतक र ५ विकेट लिएमा २० लाख, ५ विकेट लिएमा ५ लाख, अर्धशतक हानेमा १ लाख, ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबरनेटले जनाएको छ ।

यस्तै, विश्वकपमा पुगे नेपाली टीमलाई १५ लाख पुरस्कार दिने नोबेल मेडिकल कलेजले घोषणा गरेको छ ।विराटनगरस्थित नोबेल मेडिकल कलेजले उक्त पुरस्कार घोषणा गरेको हो । उक्त छनोट प्रतियोगिताको उपाधि जितेमा थप ५ लाख रुपैयाँ दिने समेत नोबेल मेडिकल कलेजले जनाएको छ ।

नेपालले जारी छनोटमा सेमिफाइनलमा स्थान बनाइसकेको छ। नेपालले समूहगत चरणको अन्तिम खेलमा भोलि विहिबार ओमानसँग खेल्दै छ। सेमिफाइनल जितेमा नेपालले आगामि २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–‍२० विश्वकपमा स्थान बनाउने छ ।

सेमिफाइनल खेल शुक्रबार तथा फाइनल खेल भने आइतबार विहान ११ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । 

तस्बिर : क्यान


प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार १८:३५

प्रतिक्रिया दिनुहोस्