Logo

६ जेष्ठ २०८१, आईतवार

शान्ति सुरक्षा सँगै सुशासन र जबाफदेहिता मेरो पहिलो प्राथमिकता हो : प्रजिअ रेग्मी

कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय थारमारेको सेवा प्रवाहमा कठिनाइ भैरहेकाले दरबन्दी अनुसारकै कर्मचारी ल्याउन गृह मन्त्रालयसँग माग गरिएको र अब चाडैं कर्मचारीको ब्यवस्थापन हुने उहाँको भनाइ छ ।


खबर ग्यालरी


पाैष, २३ सल्यान ।
सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र जबाफदेहिता आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । सल्यान जिल्लामा हालै नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएका रेग्मीले सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानमा जिल्लाका पत्रकारहरु सँग परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लाको शान्ति सुरक्षा र सार्वजनिक महत्वका बिषयलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई प्राथामिकता दिने बताउनुभयो ।

उहाँले जिल्लाको समग्र विकासका लागि मिडिया र पत्रकारको महत्वपुर्ण भूमिका रहने भन्दै प्रशासन र पत्रकार बिचको समन्वय र सहकार्य निकै आवश्यक रहने बताउनुभयो । प्रजिअ रेग्मीले प्रशासन सँग जोडिएका बिषय बस्तुलाई केलाउदै सेवा प्रवाहमा चुस्त दुरुस्त बनाउनमा पहल गरिरहेको बताउनुभयो । कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय थारमारेको सेवा प्रवाहमा कठिनाइ भैरहेकाले दरबन्दी अनुसारकै कर्मचारी ल्याउन गृह मन्त्रालयसँग माग गरिएको र अब चाडैं कर्मचारीको ब्यवस्थापन हुने उहाँको भनाइ छ ।

पत्रकारहरु सँग परिचयात्मक कार्यक्रममा जिल्लाको पत्रकारिता र सञ्चार माध्यमको अवस्था, शान्तिसुरक्षा, आमनागरिकका सवाल लगाएतका बिभिन्न बिषयहरुमा पत्रकारहरुले जानकारी गराएका थिए ।

पत्रकारहरु सँग परिचयात्मक कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, प्रमुख अनुसन्धान अधिकृत सन्जीव कुमार चौधरी, नेपाल पत्रकार महासँघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, उपाध्यक्ष सरिता चलाउने, सहसचिव बुद्धि पुन, रास्ट्रिय फोटाे पत्रकार समूह सल्यानका अध्यक्ष बामदेव केसी, रास्ट्रिय फोटाे पत्रकार समूह सल्यानका उपाध्यक्ष अमृत बाबु बुढाथोकी, रेडियो तहल्कामा कार्यरत पत्रकार खिमा बोहरा लगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार १९:३४

प्रतिक्रिया दिनुहोस्