Logo

२५ बैशाख २०८१, मंगलवार

कर्मचारीहरुको मैत्रीपूर्ण क्रिकेट खेलमा बागचौर नगरपालिकाको टिम विजयी


खबर ग्यालरी


माघ १३, सल्यान
सल्यान खलंगाको लुहापिङमा सम्पन्न कर्मचारीहरुको मैत्रीपूर्ण क्रिकेट खेलमा टिम बागचौर नगरपालिका विजयी भएको छ ।

आज लुहापिङ्गमा भएको खेलमा संघ तथा प्रदेश अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरुको टिम खंलगालाई १० रनले हराउँदै बागचौर नगरपालिकाको टिम विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको टिम बागचौरले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ११३ रन बनायो । ११४ रनको लक्ष्य पच्छयाउदै जवाफी मैदानमा उत्रिएको टिम खंलगा १९ ओभर ३ बलमा १०३ रन मात्र बनाएर अल आउट भयो । 

सार्वजनिक विदालाई सृजनात्मक र रचनात्मक तवरले व्यतित गर्न र क्रिकेट प्रवद्र्धनका लागि खेलकुद, स्वास्थ्य र मनोरञ्जनका लागि खेलकुद भन्ने मुल नाराका साथ निजामति कर्मचारीहरु विच मैत्रिपूर्ण क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको नेपाल निजामति कर्मचारी युनियनका सचिब तथा लेखा समुह सल्यानका अध्यक्ष महेन्द्र बस्नेतले खबर ग्यालरीलाई जानकारी दिनुभयो ।

कर्मचारीहरु विच परिचय तथा अन्तरक्रिया सहित मित्रता बढाउन मैत्रिपूर्ण खेल सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

गत शनिबार छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र खंलगाका संघ र प्रदेश अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारी विच मैत्रीपुर्ण खेल सम्पन्न भएको थियो । आउदो शनिबार टिम खलगा र टिम सिद्वकुमाखका कर्मचारी विच खेल तय भएको छ ।

अहिले क्रिकेट खेल सञ्चालनका लागि क्रिकेट संघ सल्यानले व्यवस्थापनमा सहयोग गरिरहेको छ । नेपालमा क्रिकेटको भविष्य राम्रो भएकाले क्रिकेटमा अहिले देखिएको सक्रियताले पछिको युवा पिढिले क्रिकेटमा राम्रो गर्न सक्ने क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालले जानकारी दिनुभयो ।

सल्यानले क्रिकेटको रास्ट्रिय टिममा अविनास बोहरा जस्ता रास्ट्रिय खेलाडी पाएको भन्दै निकट भविष्यमा सल्यानले थप क्रिकेट खेलाडी उत्पादन सँगै यो क्षेत्रमा राम्रो गर्दै जाने र यस्ता खेलले सकारात्मक सन्देश दिनुका साथै क्रिकेट क्षेत्रको विकास क्रमश हुदै जाने क्रिकेट संघ सल्यानले जनाएको छ ।


प्रकाशित मिति: १३ माघ २०८०, शनिबार २१:१९

प्रतिक्रिया दिनुहोस्