असार ३१, सल्यान ।
सल्यानको बागचाैर नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि बजेट वक्तव्य जारी गरेको छ ।
सोमबार १२ औं नगर सभा अधिवेशनको दोस्रो बैठक मार्फत आर्थिक बर्ष २०८१/०८२ का लागि बागचाैर नगरपालिकाले कुल बजेट रु ६९ करोड १० लाख ९१ हजार बजेट विनियोजन गरेको हो ।
आगामी आ.व. २०८१।०८२ मा चालू खर्च तर्फ रु ४९ करोड २४ लाख ३४ हजार तथा पूजिगत खर्च तर्फ रु १९ करोड ८६ लाख ५७ हजारको बजेट विनियोजन गरिएको हो ।

१२ औं नगर सभा अधिवेशनको दोस्रो बैठकमा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो भने आर्थिक विधेयक सहित बजेट वक्तव्य उपप्रमुख सुम्निमा डि.सी. वलीले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै फोहरमैला व्यवस्थापन विधेयक सभा सदस्य रेशम वि.क. ले र खानेपानी सरसफाइ तथा स्वच्छता विधेयक सभा सदस्य सुशील जंग चन्दले प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: ३२ असार २०८१, सोमबार १५:५८

