साउन ९, सल्यान ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ लस्तममा रहेको अग्लाटाकुरा भ्यू टावरमा तोडफोड भएको छ ।
बागचौर नगरपालिकाले निर्माण गरेको भ्यू टावरमा रहेका सिसाका झयालहरु, भ्यू टावर छिर्ने मुख्य गेट, घेरबारका लागि लगाएको तार जाली र केहि महिना अगाडि निर्माण गरेका धाराहरु अज्ञात व्यक्तिहरुले तोडफोड गरेका छन् ।
२०७९ साल भदौ १० गते अग्लाटाकुरा भ्यू टावर संरक्षणका लागि संरक्षण समितिलाई बागचौर नगरपालिकाले चावी हस्तान्तरण गरेको थियो । तेस प्रस्चात यसको संरक्षणकोे सम्पुर्ण जिम्मा स्थानिय वडा नम्बर २ निवासी रुद्र मधु डि.सी.लाई दिएको थियो । तर पछि रुद्र मधु डि.सी.ले आफनो जिम्मेवारी बाट राजिनामा दिनुभएको थियो । यस विषयमा खबर ग्यालरीले उहाँ सँग पटकपटक फोन गरेर बुझन खोज्दा पनि उँहाको फोन रिसिभ हुन सकेन ।

यता रुद्र मधु डि.सी. ले आफनो जिम्मेवारी बाट राजिनामा दिए प्रस्चात बागचौर नगरपालिकाले वडा नम्बर ३ निवासी माधवराज वलीलाई भ्यू टावर रेखदेखका लागि चौकीदारमा नियुक्ति गर्यो । खबर ग्यालरी सँग कुरा गर्दै भ्यू टावरका चौकीदार माधवराज वलीले भ्यू टावरमा सिसाका केही झयालहरु केही महिना अगाडि रातिको समयमा तोडफोड भएको बताउनुभयो ।
उँहाले आफू दिउँसो मात्रै रेखदेखमा लाग्ने बिहान आएर हेर्दा यो ठाउँमा भएका संरचनाहरु तोडफोड भएको देखिने उँहाले बताउनुभयो । केही अराजक तत्वहरुले राति आएर सिसाका झयालहरु लगायत अन्य संरचनाहरु तोडफोड गरेको उँहाको भनाई छ। उँहाले भ्यू टावर तोडफोडको विषयमा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमलाई गत असार १६ गते नै लिखित निवेदन समेत दिएको बताउनुभयो ।

यता बागचौर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी.ले खबर ग्यालरी सँग कुरा गर्दै सार्वजनिक सम्पत्तिको जसले तोडफोड गरेको छ तिनीहरुका लागि कानुनी बाटो खोजिने बताउनुभयो । ‘यो विषयमा छानवीन हुनुपर्छ, यस बारेमा हामीले इलाका प्रहरी कार्यालय थारमारेमा जानकारी समेत गराइसकेको छौं र यस विषयमा प्रहरीले छानवीन पनि गर्दैछ’ उँहाले भन्नुभयो । साथैं उहाँले आउदा दिनहरुमा भ्यू टावर संरक्षणका विषयमा आफूले पहलकदमि लिने बताउनुभयो ।
यस विषयमा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम सँग खबर ग्यालरीले थप बुझन खोज्दा उँहासँग फोन सम्पर्क हुन सकेन ।
प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार २२:०४

