Logo

१० श्रावण २०८३, आईतवार

सल्यानमा करेन्ट लागेर एकजनाको मृत्यु 


खबर ग्यालरी


साउन ११, सल्यान ।

सल्यानमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ३ सोतागार निवासी मोहनलाल वलीको करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार करिब ५ बजे अन्दाजी ७० वर्षिया मोहनलाल वलीको घर नजिकैको सोतागार सेउँ खोलामा मोटरबाट खेतमा पानी लगाउन गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिनुभयो ।

अहिले मृतक मोहनलाल वलीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान तर्फ पठाइएको उँहाले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार २१:१०

प्रतिक्रिया दिनुहोस्