Logo

१० श्रावण २०८३, आईतवार

पहिरोले कपुरकोट- फालावाङ सडक अवरुद्ध : सात घर पहिरोको उच्च जोखिममा


खबर ग्यालरी


भदौ ५,सल्यान ।
पहिरोले कपुरकोट- फालावाङ सडक खण्ड अवरुद्ध भएको छ। पहिरोले सडक भासिदा किमिचौर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

यस्तै अविरल बर्षापछी जमिन भासिदा किमुचौरका सात घर पहिरोको उच्च जोखिममा परेका छन्। कपुरकोट गाउँपालिका ४ किमुचौर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरको फिल्ड माथिबाट खसेको पहिरोले ७ घर जोखिममा परेको वडा नं ४ का वडा अध्यक्ष मित्र कठायतले जानकारी दिनुभयो। 

कृष्ण बहादुर चन्द, सिताराम वि.क, शोमराज थापा, ओम बहादुर थापा, भिम बहादुर बिक, तुल्सी सिंह थापा र पुर्ण बहादुर थापाको घर पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो।

‘अहिले उहाँहरुले दुई वटा घरका सामानहरु सुरक्षित घरहरुमा सार्न थाल्नुभएको छ, पहिरोको उच्च जोखिममा परेका घरहरुमा उहाँहरुलाई नबस्न समेत मैले अनुरोध गरेको छु’ उहाँले भन्नुभयो ।

निरन्तर रुपमा पानी परिरहेको र लेदो सहितको माटो खसिरहेकाले आफूहरु अहिले सुरक्षित ठाउँतिर गएको स्थानिय कृष्ण बहादुर चन्दले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार १४:१९

प्रतिक्रिया दिनुहोस्