Logo

१० श्रावण २०८३, आईतवार

पास-नेपाल सल्यानको २०औं साधारण सभा बागचाैरमा सुरु


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


भदौ ८,सल्यान ।

दिगो विकासका लागि जनसहभागिता नेपाल पास-नेपाल सल्यानको २०औं साधारण सभा बागचाैरमा सुरु भएको छ।

पास-नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर के.सी. को अध्यक्षतामा सुरु भएको २०औं साधारण सभाको उद्घाटन कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको प्रमुख आतिथ्यता र बागचाैर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सी. वलीको विशिष्ट आतिथ्यता रहेको थियो ।

२०औं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले स्थापना कालदेखि हाल सम्म पास-नेपालले समाजमा पुर्‍याएको योगदान अतुलनीय भएको बताउनुभयो । बागचाैर नगरपालिकामा प्रजनन स्वास्थ्य सँग सम्बन्धित कार्यक्रम लागु भएको र पास-नेपाल सँग आफूहरुले सहकार्य र समन्वय गर्दै अगाडि बढेको बताउनुभयो । विपद्का कारण कुनै घटना घट्न सक्ने कुरालाई ध्यानमा राख्दै पास-नेपालले दुईदिन अगाडि मात्रै बागचाैर नगरपालिकाको विपद् व्यवस्थापन समितिलाई रु एक लाख रुपैयाँ बराबरको आवश्यक उद्धार सामाग्री दिएको बताउदै नगर प्रमुख गौतमले धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बागचाैर नगरपालिकाका उपप्रमुख सुम्निमा डि.सी. वलीले पास-नेपालले विभिन्न कार्यक्रम मार्फत समुदाय स्तरमा राम्रो योगदान पुर्याएको बताउदै जनतालाई जागरुक गराएको बताउनुभयो । कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट र पश्चिम रुकुम जिल्लाहरुमा समेत पास-नेपालले अहिले समुदाय स्तरमा राम्रा कार्यक्रमहरु गरेको बताउदै यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने जोड दिनुभयो ।

पास-नेपालको २०औं साधारण सभा कार्यक्रममा प्रतिवेदन पेस गर्दै पास-नेपाल सल्यानका अध्यक्ष ज्ञानेश्वर के.सी. ले मानव जीवन सामाजिक सेवा तर्फ समर्पित हुन आवश्यक देखिएको बताउनुभयो । पास-नेपालले हाल सम्म दातृ निकायको साझेदारी तथा नेपाल सरकारका विभिन्न निकायसंगको समन्वय र सहकार्यमा ४५ वटा परियोजना प्रभावकारी रुपमा कार्यसम्पादन गरेको उहाँको भनाइ छ । उहाँले कार्यक्रममा बोल्दै पास-नेपाल संस्थाले हाल सम्म सल्यान जिल्ला लगायत कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा काम गरेको बताउदै अहिलेसम्म करिव ३६१ जनालाई रोजगारिको अवसर प्रदान गरेको र करिव एक लाख जना व्यक्तिहरुलाई प्रत्यक्ष रुपमा विभिन्न कार्यक्रम मार्फत टेवा पुर्याएको बताउनुभयो ।

विगतमा कर्मचारी तथा पदाधिकारीको रुपमा पास-नेपालमा काम गरेका व्यक्तिहरु अहिले सल्यानका ३ वटा पालिकामा गाउँपालिका अध्यक्ष हुनुभएको, १० जना अमेरिकाको रोजगारीमा संलग्न भएको र १२ जना आइ एनजियो र ३१ जना नेपाल सरकारका विभिन्न निकायमा स्थायी कर्मचारीको रुपमा कार्यरत रहेको उहाँले बताउनुभयो। यस्तै उहाँले साझेदारी संस्था आइपास बाट २०औं साधारण सभाका लागि प्राप्त शुभकामना मन्तव्य समेत पढ्नुभएको थियो ।

यस्तै उद्घाटन कार्यक्रममा बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी. र जनकल्याण नमुना माविका प्रधानाध्यापक चुडामणि के.सी. ले समेत शुभकामना मन्तब्य राख्नुभएको थियो ।

पास-नेपालको २०औं साधारण सभा उद्घाटन कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उपप्रमुख सुम्निमा डि.सी. वली, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, बागचाैर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी., कार्यपालिका सदस्य रोजी बुढाथोकी, पास-नेपाल सल्यानका सल्लाहकार पवनराज देवकोटा, जनकल्यान नमुना मावि थारमारेका प्रधानाध्यापक चुडामणि के.सी., पास-नेपाल सल्यानका बोर्ड सदस्यहरु, साधारण सदस्यहरु तथा अन्य पदाधिकारी तथा कर्मचारीहरु, विभिन्न कार्यालयका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लामो समय पास-नेपालमा कार्यससमिति सदस्य रहि योगदान पुर्‍याउनु भएका शान्ता हमाल, प्रभा वली डाँगी र अशत्त भएका साधारण सदस्य मनिस भण्डारी लाई सम्मान गरिएको थियो ।

यस्तै टाेपेन्द्र कला केन्द्र बागचाैरका संचालक टोपेन्द्र डाँगी लगायत तेजेन्द्र गिरी, रेशम बस्नेत, जय बहादुर बस्नेतको टिमले कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति समेत राखेको थियो। कार्यक्रमको संचालन कोषाध्यक्ष प्रभा वली डाँगी र कार्यवाहक सचिव ठाकुर भण्डारीले क्रमागत सञ्चालन गर्नुभएको थियो ।

२०औं साधारण सभाको उद्घाटन कार्यक्रम प्रस्चात ६१ जना साधारण सदस्यको सहभागितामा संस्थाका ११ वटा एजेण्डामा छलफलको लागि बन्दसत्र आज ८ गते सुरु भइ भोलि ९ गते सम्पन्न गरिने पास-नेपाल सल्यानका कार्यकारी निर्देशक गंगाराम बुढाथोकिले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार २०:५९

प्रतिक्रिया दिनुहोस्