Logo

१० श्रावण २०८३, आईतवार

सल्यानको कपुरकोट गाउँपालिका बेरुजु शून्य बनाउने अभियानमा


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


भदौ १४, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिका बेरुजु शून्य बनाउने अभियानमा लागेको छ ।

कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीलेले हस्ताक्षर गरेको बेरुजु फछर्यौट गर्ने सम्बन्धी सूचना हिजो बिहीबार जारी गरिएको हो ।

कपुरकोट गाउँपालिकाको बेरुजु शून्य अभियान अन्तर्गत आर्थिक वर्ष २०७४-७५ देखि २०७९-८० सम्मको असुल उपर गर्नुपर्ने र प्रमाण पेश गर्नुपर्ने बेरुजु पत्र प्राप्त भएको मितिले १५ दिनभित्र फर्च्युट गरी बेरुजु शून्य पालिका बनाउन सबैको सहयोगको अपेक्षा गरेको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

कपुरकोट गाउँपालिकाका आर्थिक श्रेस्ता तथा विवरणको र आन्तरिक लेखा परिक्षण र महालेखा परिक्षकको कार्यालयबाट अन्तिम लेखा परिक्षण हुँदा कर्मचारी, जनप्रतिनिधि, फर्म, संस्था तथा व्यक्तिहरुको नाममा रहेको असुल गर्नुपर्ने तथा प्रमाणहरु पेश गर्नुपर्ने लेखिएको बेरुजु रकम कपुरकोट गाउँपालिका बेरुजु फर्छयौट उपसमिति, अर्थ तथा लेखा समितिको सिफारिस र मिति २०८० असार १८ गतेको गाउँसभाको १३ औं अधिवेशनको दोस्रो बैठकको निर्णयानुसार पालिकालाई शून्य बेरुजु अभियानमा अगाडी बढाउने र बेरुजू रकम दाखिला गर्नका लागि सम्बन्धित पक्षलाई पत्राचार गर्ने निर्णय भएकोले सम्बन्धित व्यक्तिहरुलाई पत्रसमेत पठाइने व्यवस्था मिलाईएको जारी सूचनामा उल्लेख गरिएको छ ।

उक्त पत्र प्राप्त भएको मितिले १५ दिनभित्र तोकिएको राजस्व शिर्षक खाता नम्बरमा रकम जम्मा गरि सक्कल भौचर आर्थिक प्रशासन शाखामा पेश गर्न र प्रमाण पेश गर्नुपर्नेको हकमा प्रमाणित कागजातको सक्कल प्रति पेश गर्न समेत उक्त सूचना मार्फत अनुरोध गरिएको छ  ।

निर्धारित समयभित्र बेरुजु रकम दाखिला नगरेमा कपुरकोट गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाबाट कटौती गरिने, सेवा सुविधाबाट बन्चित गरिने र सरकारी बाँकी सरह कानुनअनुसार असूल उपर गर्ने र अन्य प्रक्रियाहरु समेत अगाडी बढाईने बिहीबार जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।  

कपुरकोट गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षणबाट रू.४ करोड ८४ लाख ३४ हजार बेरुजु देखिएको थियो । सो सम्बन्धमा रु.८ लाख ३४ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू. ३० लाख ९२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.२ करोड १६ लाख ३२ हजार, नियमित गर्नुपर्ने रु. २५ लाख ७५ हजार र पेश्की बाँकी रु.२ करोड समेत गरी यस वर्ष रु.४ करोड ७६ लाख बेरुजू कायम रहेको छ। कपुरकोट गाउँपालिकाको गतवर्ष सम्म रु.९ करोड ३१ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु.१३ करोड ७६ लाख ३१ हजारको रहेको महालेखापरीक्षणले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

यस्तो छ बेरुजु फछर्यौट गर्ने सम्बन्धी कपुरकोट गाउँपालिकाको सूचना:


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार ०७:५९

प्रतिक्रिया दिनुहोस्