Logo

२४ बैशाख २०८१, सोमबार

जलवायु परिवर्तन र यसको असर


पवन डि.सी.


बसन्त ऋतुको सुरुवात हुन थाल्यो भने डाँडाकाँडामा फूलहरू फुल्न थालेका हुन्छन्। जंगलमा जाने हो भने विभिन्न फूलहरूको सुगन्ध आइरहेको हुन्छ। अझ त्यसमा पनि भमरा र मौरीहरुले रस चुस्न भुनभुनाइरहेका हुन्छन्। बसन्त ऋतु सुरु भयो भन्ने समयमा हल्का गर्मी पनि महसुस भइरहेको हुन्छ। तर विडम्बना न त वनमा फुल फुलिरहेको देखिन्छ, न त भमरा र मौरीको आवाज नै सुनिन्छ। जुन समयमा चर्को घाम लाग्नुपर्ने हो त्यो समयमा त वर्षायाम झैँ वर्षा हुँदैछ र हिउँदको झैँ तुवालोले वनपाखा ढाकिएको छ। जुन समयमा सबैलाई गर्मी महसुस हुनुपर्ने हो त्यो समयमा त सबैजना जाडोले कापिरहेका छन्।

किन हुँदैछ त यस्तो ? यो सब हुँदैछ मात्र जलवायु परिवर्तन को कारणले। जलवायु परिवर्तनले गर्दा नै फूलहरू फुलेको देख्नुपर्ने डाँडामा त तुवालो लागेको छ। गर्मी महसुस हुनुपर्ने समयमा अथाह जाडो हुँदैछ। यस्ता प्रकृति विपरीत वातावरण विपरीत गतिविधि हुनुको कारण जलवायु परिवर्तन नै हो। मिति २०४० साल करिब आजभन्दा २० वर्ष पहिले हिउँदको समयमा हिमपात हुन्थ्यो अरे तर आज मिति २०८० सालको हिउँद हेरौँ त कतै पनि हिउँ देखिएन। मानिसहरु भन्छन् : ओहो वर्षायाममा पनि पानी पर्दैन किन ? गर्मियाममा गर्मी हुन लाग्यो भने पनि पानी उमालिदिन्छ। हिउँदमा हिउँ पर्दैन जंगलमा पशुपन्छी पनि धेरै छैनन्। कतिपय पन्छीहरूको त नाम मात्रै बाँकी छ। यस्तो आखिर किन भइरहेको छ होला ?

वैज्ञानिकहरू भन्छन् : यो वजन तह पनि किन पातलो हुँदैछ हिमशृङ्खला पनि त्यति राम्रो छैन। वायुमण्डलमा कार्बन डाइओक्साइड र अन्य हानिकार ग्यासहरू पनि भरिँदै छन्। कतिपय जीवजन्तुको त अस्तित्व नै धरापमा छ किन ? यी सम्पूर्ण प्रश्नहरूको एउटा मात्र उत्तर हो, जलवायु परिवर्तन जसलाई अङ्ग्रेजीमा climate change भन्ने गरिन्छ। जलवायु परिवर्तनले गर्दा विभिन्न पशुपन्छी मात्र होइन मानव अस्तित्व पनि आज संकटमा छ। जलवायु परिवर्तनले गर्दा नै आज वनमा हरियाली हराएको छ जीवजन्तुहरूको नामो निशान छैन।

कस्को कारणले भयो जलीवायु परिवर्तन ? यसको शतप्रतिशत सही उत्तर हो मानवको कारणले किन ? कसरी ? आज मानवकै कारणले मानव अस्तित्व सङ्कटमा छ जलवायु परिवर्तन मात्र मानिसको कारणले भएको हो। मानिसहरू प्लास्टिकले पृथ्वी ढाक्न लागिसके विभिन्न कलकारखानाहरू मार्फत हानिकारक ग्यासहरू जस्तै : कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन डाइऑक्साइड निस्कन्छन्।

यस्तै ग्यासले गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ। आज मानिसहरू त माटो साग सब्जी र बोटबिरुवा बालीनालीहरूमा विषक्त रसायन युक्त विषादीहरु प्रयोग गर्छन् यसको परिमाण स्वरूप माटोको उर्वर शक्ति कम हुन्छ। अन्न बाली जहरयुक्त हुन्छन् र वायुमण्डलमा पनि ठूलो असर पुग्दछ। मानिसहरू अनजान त अनजान नै छ तर जानी-जानी पनि जलवायु परिवर्तनमा मद्दत गर्दै छन्। विभिन्न कलकारखाना विभिन्न प्रकारका बम विस्फोटन जस्ता कार्यले जलवायु परिवर्तनका साथै पृथ्वीको स्वरूप र मानव जीवनलाई नै उथलपुथल पारिदिएका छन्। भन्छन् ” जे गरिँदैछ मानव जीवन सहज बनाउनकै लागि गर्दैछ ” तर कसैलाई अनुभूति भएन कि यो विकास होइन विनाश हो। विभिन्न गाडी मोटरहरूको धुलो धुवाले गर्दा वायुमण्डलमा नकारात्मक असर पारिदिएको छ।

आजको दिनमा कोरोना भाइरस ओमिक्रोन, डेङ्गु जस्ता रोगहरूको उत्पत्ति किन भयो ? यी सब रोगहरूको उत्पत्तिको प्रमुख कारण भनेकै जलवायु परिवर्तन हो। आज मानव जीवनमा असहजता आउनु स्वासप्रश्वासमा समस्या आउनु पनि जलवायु परिवर्तनकै कारण हो। यदि पृथ्वी बचाउनु छ, आफूलाई बचाउनु छ, बोटबिरुवा र वन्यजन्तु बचाउनु छ, वजन तह विनाश हुनबाट बचाउनु छ भने हामीहरुले नै पाइला अगाडि बढाउनुपर्छ कलकारखाना र गाडी मोटरको धुलो धुवा कम गर्नुपर्छ पृथ्वीको वायुमण्डललाई विष र जहरहरूबाट बचाउनुपर्छ। आफैले आफ्नै विनाश किन गर्ने हो र ? बरु जंगली परिवेशमै बाँचे पनि पृथ्वीकि जल वायु त राम्रो बनाउ।

तसर्थ : विभिन्न कारणहरूले गर्दा मानिसहरूले आफैंले नै आफ्नो अस्तित्वलाई धरापमा पार्नु भन्दा बरु विभिन्न प्रकारका कलकारखाना बम विस्फोटन र प्लास्टिकको प्रयोगमा कमी गरौँ र पृथ्वीलाई बचाउ। जलवायु परिवर्तन हुनबाट बचाउ। विभिन्न किसिमका रोगहरु उत्पन्न हुनबाट बचाउ। “अब बन्द गरौं पृथ्वीमा कलकारखाना र गाडी मोटरको धुवा फैलाउन। अब बन्द गरौँ पृथ्वीमा विषादी औषधि प्रयोग गर्न। अब बन्द गरौं जलवायु परिवर्तन गर्न।”

लेखक श्री शिशु जागरण माध्यमिक विद्यालय बागचौर नगरपालिका ९ खोरबारे सल्यानमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।


प्रकाशित मिति: १ चैत्र २०८०, बिहीबार ११:५७

प्रतिक्रिया दिनुहोस्