Logo

२४ बैशाख २०८१, सोमबार

ढोरचौरमा दशैं विषेश सांस्कृतिक कार्यक्रमको उद्घाटन : भोलि बद्री पंगेनीको प्रस्तुति रहने


खबर ग्यालरी


असोज १३, सल्यान ।

सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ ढाेरचाैरमा दशैं विशेष सांस्कृतिक कार्यक्रमको उद्घाटन गरिएको छ ।

बिहिवार देखि सुरु भएको सांस्कृतिक कार्यक्रमको उद्घाटन सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले गर्नुभएको हो । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

भोलि शुक्रबार असोज १४ गते वरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुति रहने संस्कृतिक कार्यक्रमका प्रचारप्रसार संयाेजक अमृत बाबू बुढाथाेकीले बताउनुभयो । उहाँका अनुसार भोलिको कार्यक्रममा अन्य कलाकारहरु यज्ञ विक र देवी बस्नेतको पनि प्रस्तुति रहने छ ।

शनिबार असोज १५ गते पछिल्लो समय भाइरल मिन बहादुर बुढा (भेलु बाजे) सहित अन्य कलाकारहरुको प्रस्तुति रहने आयाेजक संस्थाका आर्थिक संयाेजक नाेखिराम थापाले जानकारी दिनुभयो ।

महाेत्सवकाे मुल आयाेजक राष्ट्रिय संगीतकर्मी संघ जिल्ला समिति सल्यान र सहआयाेजक शारदा युथ क्लव सिद्ध कुमाख ३ ढाेरचाैर रहेकाे छ ।


प्रकाशित मिति: १३ आश्विन २०७९, बिहीबार २२:०२

प्रतिक्रिया दिनुहोस्