Logo

२५ बैशाख २०८१, मंगलवार

सल्यानमा प्रकाश ज्वाला भारी मतले अगाडि


खबर ग्यालरी


मंसिर ७, सल्यान ।

सल्यानमा प्रतिनिधिसभा सदस्य तर्फ गठबन्धनका साझा उमेदवार प्रकाश ज्वालाको अग्रता कायमै रहेको छ । ज्वाला भारी मतले स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाह भन्दा अगाडि हुनुहुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ज्वालाले १९ हजार २ सय २१ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले ११ हजार ४ सय ११ मत ल्याउदा एमालेका राजेन्द्रवीर रायले ६ हजार ८ सय २७ मत प्राप्त गर्नुभएको छ ।

ज्वाला र शाह बिच अहिले ७ हजार ८ सय १० को मताअन्तर रहेको छ ।

सल्यानमा कुल ८४०२२ मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ४६ हजार ३ सय १५ मत मतगणना भइसकेको छ । जसमध्य ४ हजार ४ सय ६० मत बदर भएको छ । अहिले मतगणना जारी छ ।


प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार ०७:४९

प्रतिक्रिया दिनुहोस्