Logo

२५ बैशाख २०८१, मंगलवार

सल्यानमा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने २ पत्रकार को हुन ?


बामदेव के‍‌‍‍‍‍‍‌‌‌‌.सी.


पुस ४, सल्यान ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको छैठाैं वार्षिक साधारण सभाको अवसरमा सल्यानका २ पत्रकार सम्मानित हुनुभएको छ ।

छैठाैं वार्षिक साधारण सभाको अबसरमा बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार बुद्धि पुन र विशेष पत्रकारिता पुरस्कारबाट खकेन्द्र केसी सम्मानित हुनुभएको हो ।

केही बर्ष देखि सल्यानको पत्रकारिता जगतलाई माथि उठाउन महत्त्वपूर्ण भुमिका खेलेका दुई सल्यानी पत्रकार बुद्धि पुन र खकेन्द्र केसी को प्रस्तुत छ छोटो जीवनी :-

को हुन बुद्धि पुन ?
सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरा निवासी बुद्धि पुन रेडियो राप्ती एफएम का समाचार प्रमुख हुनुहुन्छ । २०५३ साउन ७ गते बुबा देबिलाल पुन र आमा चेति पुनको कोखबाट जन्मिएका पुन स्नातक अध्ययनरत हुनुहुन्छ ।

विगत ९ बर्षदेखि पत्रकारिता गर्दै आएका उहाँ नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव, जनजाति पत्रकार महासंघका कर्णाली इन्चार्ज र समाजवादी प्रेस संगठन सल्यानका अध्यक्ष समेत हुनुहुन्छ । सल्यान टुडे डटकमका प्रधानसम्पादक समेत रहनु भएका उहाँ नयाँ युगबोध राष्ट्रिय दैनिक लगाएत विभिन्न अन्लाईनमा कार्यरत हुनुहुन्छ । सल्यानको पत्रकारितामा स्वच्छता र नबिनतम बनेका उहाँ युवा पुस्ताका लागि सल्यानको पत्रकारिता जगतमा सक्रिय हस्ति हुनुहुन्छ ।

को हुन खकेन्द्र केसी ?
सल्यानको छत्रेश्वरी गाउँपालिका १ चामी निवासी खकेन्द्र केसी लेकाली अनलाइनका सम्पादक हुनुहुन्छ । २०५४ कार्तिक १८ गते बुबा बलबहादुर खत्री र आमा पार्वती खत्रीको कोखबाट जन्मिनुभएका केसी अध्ययनको हिसाबले पत्रकारिता विषय पढेका विद्यार्थी हुनुहुन्छ  ।

विगत ८ वर्षदेखि पत्रकारिता गर्दै आएका उहाँ दाङमा पत्रकारिता विषय अध्ययन गरेर सल्यानमा आई पत्रकारिता सुरु गर्नुभएको हो ।  सुरुवाती दिनमा रेडियो तहल्काबाट पत्रकारिता गरेका केसीले सल्यानको पत्रकारिता जगतमा खोजमुलक पत्रकारिता गर्दै सल्यानमा पहिलोपटक व्यवसायीक रुपमा अनलाइनको सुरुवात गर्नुभएको हो । सल्यानमा रहेर सकृय पत्रकारिता गर्दै आउनुभएका केसी जनपत्रकार संगठनका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।


प्रकाशित मिति: ४ पुष २०७९, सोमबार २०:५०

प्रतिक्रिया दिनुहोस्