Logo

२४ बैशाख २०८१, सोमबार

ढाका म्याराथनमा सल्यानकी पुष्पालाई दोस्रोपटक स्वर्ण


खबर ग्यालरी


माघ ६, काठमाडौं।
नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा दोस्रो पटक स्वर्ण पदक जित्नुभएको छ । 

सल्यानको शारदा नगरपालिका वडा नम्बर १४ घर भएकि पुस्पाले शुक्रबार बिहान बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेण्डको टाइमिङसहित पुष्पाले स्वर्ण जित्नुभएको हो ।

पुष्पाले ४२.१९५ को निर्धारित दुरी २ घण्टा ४८ मिनेट २ सेकेण्डमा नेपाललाई स्वर्ण दिलाउनुभयो ।  

नेपालकै विन्द्रा धानके श्रेष्ठले तेस्रो स्थान हात पार्दा श्रीलंकाकी सुजनी परेराले रजत पदक जित्नुभयो । पुष्पाले सुजनीलाई २० सेकेण्डले पछि पार्दै स्वर्ण जित्नुभएको हो । 

पुष्पाले यसअघि सन् २०२१ मा पनि स्वर्ण पदक जित्नुभएको थियो । २०२२ मा भने उहाँले कास्य पदक मात्र हात पार्नुभएको थियो ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार १४:१५

प्रतिक्रिया दिनुहोस्