Logo

२४ बैशाख २०८१, सोमबार

ज्वालाको पहलमा सल्यानका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण हस्तान्त्रण


खबर ग्यालरी


माघ १४, सल्यान ।
सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा एकीकत समाजबादीका उपमहासचिव प्रकाश ज्वालाको पहलमा सल्यानका विभिन्न स्थानिय तहका विभिन्न स्वास्थ्य संस्थाका लागि स्वास्थ्य उपकरण वितरण गरिएको छ ।

जिल्लाका स्थानिय तहका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य सम्वन्धि उपकरण नहुदा समयमै छिटो छरितो उपचार गर्नमा समस्या हुने, सामान्य एक्सरे गर्न समेत सुविधा सम्पन्न ठाउँमा लैजानु पर्ने र स्थानिय सेवाग्राहिलाई आर्थिक भार पर्ने समस्यालाई मध्यनजर गर्दै सांसद ज्वालाले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा बिभाग अन्तर्गत आपूर्ति तथा ब्यबस्थापन महाशाखालाई अनुरोध गरेपछि मन्त्रालयले भिडियो एक्सरे मेसिन लगायत १० किसिमका स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

ती सम्पुर्ण उपकरणहरू सल्यान जिल्लाका विभिन्न पालिकाहरुलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्री प्राप्त गर्नेमा सल्यानको शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका तथा कपुरकोट, त्रिवेणी र सिद्धकुमाख गाउँपालिका रहेका छन् । यस्तै बागचौर नगरपालिकामा यसअघि नै स्वास्थ्य सामाग्री पुगिसकेका छन् । बाँकी स्थानिय तहमा पनि यथासिघ्र स्वास्थ्य सामाग्री पठाइने सांसद ज्वालाले बताउनुभयो ।


प्रकाशित मिति: १४ माघ २०७९, शनिबार ०८:२९

प्रतिक्रिया दिनुहोस्