Logo

२४ बैशाख २०८१, सोमबार

कृष क्षेत्रीको झ्याउरे गीत ‘कपुरकोटमा भिर’ सार्वजनिक


खबर ग्यालरी


माघ २३, सल्यान ।
सल्यानी गायक कृष क्षेत्रीको झ्याउरे गीत कपुरकोटमा भिर युट्युबमा सार्वजनिक भएको छ ।

गीतमा कृष क्षेत्री र हरिकला बुढा मगरको स्वर, कृष क्षेत्रीको लय र शब्द संकलन , तिलक ठकुरीको निर्देशन, सुबर्ण दुलाल, ममता राना मगर, सकिरा मगर , शान्ताराम सेन्चुरी, कुल बहादुर ओली र प्रविन पुरि लगायतका कलाकारको प्रस्तुति रहेको छ ।

‘कपुरकोटमा भिर’ बोलको झ्याउरे गीतमा सल्यानका चिनारीहरुलाई गीतका टुंक्काहरुमा समेत जोडिएको छ । जसमा सल्यानको शारदा खोला, छायाक्षेत्र मन्दिर, खैराबाङ मन्दिर, कोटमाैंलाका सुन्तला, सल्यानको पर्यटकिय स्थल कुपिण्डे ताल लगायतका विभिन्न ठाउँहरुलाई गीतका टुंक्काहरुमा जोडिएको हो ।

कृष क्षेत्रीकाे केही समय पहिले सिस्ने हिमाल बोलको गीतले राम्रै सफलता हात पारेको थियो ।

हेर्नुहोस् भिडियो :


प्रकाशित मिति: २३ माघ २०७९, सोमबार २०:३१

प्रतिक्रिया दिनुहोस्