Logo

२५ बैशाख २०८१, मंगलवार

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ‌‌छत्रेश्वरी गाउँपालिका पहिलो 


खबर ग्यालरी


फागुन १८, सल्यान ।
सल्यानको १३ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेश्वरी गाउँपालिकाले जितेको छ ।

प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ कास्य पदक गरेर जम्मा २७ वटा पदक जितेर छत्रेश्वरी गाउँपालिकाले प्रथम स्थान हासिल गरको छ ।

त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचाैर नगरपालिका दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ६ रजत र ६ कास्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ भने ६ स्वर्ण, ४ रजत १० कास्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ । 

प्रतियोगितामा सबैभन्दा बढि स्वर्ण पदक जित्ने पालिकाले क्रमश पहिलो, दोस्रो र तेस्रो सँगै अन्य स्थान हात पारेका हुन ।

फागुन १५ देखि १८ गते सम्म सल्यानको थारमारेमा संचालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सलआर्टका खेलहरुमा जिल्लाका १० वटा पालिकाका खेलाडीहरुले सहभागीता जनाएका थिए ।

यस्तो छ सल्यान जिल्लाको १३ औं रास्ट्रपति रनिङ शिल्डको अन्तिम नतिजा :


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार १३:५९

प्रतिक्रिया दिनुहोस्