Logo

२४ बैशाख २०८१, सोमबार

सल्यानमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु


खबर ग्यालरी


फागुन २५, सल्यान ।
सल्यानमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटरसाइकलाई बसले ठक्कर दिदा मोटरसाइकल चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ३ पालेखोला बस्ने १९ बर्षीय अजय वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको त्रिबेणी गाउँपालिका ६ शंखमुलमा बिहीबार साझ करिब ४:२० बजेको समयमा श्रीनगर देखी सल्यान काभ्रा तर्फ जादै गरेको लु २ ख. १२२२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको रा.५ प. ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते अवस्थामा रहेका वलिलाई उपचारको लागि जिल्ला अस्पताल खलंगामा पठाएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

अहिले बस चालक होम सिंह बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएका दुबै सवारी साधनलाई दुर्घटना स्थलबाट ईलाका प्रहरी कार्यालय लुहाम तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार १८:२५

प्रतिक्रिया दिनुहोस्