Logo

२५ बैशाख २०८१, मंगलवार

भरुवा बन्दुककाे गाेली लागेर सल्यानमा एक जनाकाे मृत्यु : बन्दुक बोक्ने फरार रहेका व्यक्ति पक्राउ


खबर ग्यालरी


फागुन ३०, सल्यान ।
सल्यानमा भरुवा बन्दुककाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा नजिकैकाे जंगलमा साेमबार बेलुका साढे ५ बजेतिर शिकार खेल्न गएका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएकाे हाे ।

दुवै जना सँगै स्वारा नजिकैकाे बाहुननाका जंगलमा शिकार खेल्न गएका थिए । बन्दुककाे गाेली पेट र घाटिमा लागी घाइते भएका चित्र बहादुर रावतलाई औषधि उपचारको लागि गाडीमा सुर्खेततर्फ लिदै गर्दा ओरघाटमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

बन्दुक बोक्ने फरार रहेका आइते रावतलाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलिले बनगाड कुपिण्डे नगरपालिका- ९ स्वाराज्यूला बाट पक्राउ गरी नियन्त्रणमा लगि कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।

मृतकको लास पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान पठाइएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

#फाइल तस्विर


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार १२:४४

प्रतिक्रिया दिनुहोस्