Logo

२४ बैशाख २०८१, सोमबार

घरको छतबाट खसेर सल्यानमा एक जनाको मृत्यु


खबर ग्यालरी


चैत ९,सल्यान 
काम गर्ने क्रममा घरको छतबाट खसेर सल्यानको श्रीनगरमा एक जनाको मत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका १ दारिमचौरका अन्दाजी ४४ वर्षीय डिल्ली बहादुर चनाराको घरको छतबाट खसेर
मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका १ श्रीनगर स्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा करिब ६ फिट अग्लो बाँसको भर्‍याङबाट चिप्लिएर बिहीबार दिउँसो साढे १२ बजेतिर चनारा घाइते हुनुभएको थियो।

छतबाट लडेर बेहोस भइ टाउकोमा गहिरो चोट लागेका उँहालाई स्थानीयहरुले उपचारका लागि परोपकार अस्पताल श्रीनगरमा लगेका थिए । त्यसप्रस्चात थप उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याँउदा डाक्टरले चनारालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्तक चनाराको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाकको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार १८:०६

प्रतिक्रिया दिनुहोस्