Logo

२४ बैशाख २०८१, सोमबार

कालिमाटी गाउँपालिकाले खरको छानो हटाउन गर्‍यो जस्तापाता वितरण


खबर ग्यालरी


वैशाख ७,सल्यान ।
सल्यानको कालिमाटी गाउँपालिकाले खरको छानो मुक्त गर्ने अभियान सुरु गरेको छ । पालिका भित्र बसोबास गर्ने गरी र अति विपन्न घरपरिवारका खरको छाना हटाएर जस्तापाता वितरण गरिएको हो ।

गरिबिका कारण जस्तापाताले घर छाउन नसकेका २८० घरपरिवारलाई कर्कट पाता सहयोग गरेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनुभयो । सात वडा रहेको पालिकामा प्रत्येक वडाबाट ४० घर गरी २ सय ८० घरलाई पाता वितरण गरिएको उहाँको भनाई छ । ‘चालु आर्थिक वर्षको पहिलो चरणमा २८० घरधुरीलाई जस्तापाता वितरण गरेका छौँ । यो तेस्रो वर्ष हो । दुई वर्ष अघि देखि निरन्तर रुपमा खरको छाना हटाउने अभियानमा लागी परेका छौँ ।’ केसीले भन्नुभयो ।

सरकारी जागिर नखाएको, आफ्ना छोराछोरीलाई निजी विद्यालयमा नपढाएको र जनप्रतिनिधि नभएकोलाई मात्र जस्तापाता वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडयालले बताउनुभयो । ‘वडा कार्यालयको सिफारिस अनुसार पहिलो चरणमा लक्षित समुदायलाई जस्तापाता वितरण गरेका छौँ ।’ उहाँले भन्नुभयो ।

गाउँपालिकाबाट जस्तापाता पाउँदा निकै खुसी लागेको वडा न ३ किमिरेकी तुल्सा डाँगीले बताउनुभयो । पहिले खरको छाना हुँदा वर्षामा पानी चुहिएर हैरान हुन्थ्यो अब त्यो समस्याबाट मुक्ति पाइने भयो उहाँले भन्नुभयो । ‘आजभोलि खर छुवाउन खर पाइँदैन, छुवाउने मान्छे पाउन गाह्रो छ । खडेरीमा कहीँ कतैबाट आगलागी भएर घर खरानी हुन्छ की भन्ने डरले सताइ रहन्थ्यो तर टिन पाएपछि निकै खुसी लागेको छ ।’ उहाँले भन्नुभयो ।


प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार १६:२९

प्रतिक्रिया दिनुहोस्