Logo

२५ बैशाख २०८१, मंगलवार

आज असार १५, राष्ट्रिय धान दिवस


खबर ग्यालरी


असार १५, सल्यान ।

२०औँ राष्ट्रिय धान दिवस आज मनाइँदै छ ।

यो बर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशका विभिन्न भागमा मनाइँदै छ ।

आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन समेत छ । धान दिवसको अवसरमा आज कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशको जुम्ला बाहेकका ९ जिल्लामा समेत सार्वजनिक बिदा दिएको छ ।

यस्तै असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

तस्बिर : रिजन भण्डारी


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार ०८:४९

प्रतिक्रिया दिनुहोस्