Logo

२५ बैशाख २०८१, मंगलवार

कुमाख गाउँपालिकाको रागेचाैरमा फलफूलका बिरुवा वितरण


खबर ग्यालरी


असार १९, सल्यान ।
सल्यानको कुमाख गाउँपालिकामा रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले फलफूलका बिरुवा वितरण गरेको छ ।

कुमाख गाउँपालिका वडा नम्बर ३ को रागेचौरमा रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आज मंगलबार फलफूलका बिरुवाहरु वितरण गरेको हो ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि. रागेचाैर शाखाका शाखा प्रमुख सुनिल शाहले कृषि सामाजिक उत्तरदायित्व कोष मार्फत आफ्ना सदस्यहरुलाई २०० सुन्तला कागती र जुनारको बिरुवा वितरण गरेको जानकारी दिनुभयो।

आफ्ना सदस्यहरुलाई खेती प्रवर्द्धनका लागि फलफूलका बिरुवा वितरण गरिएको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि. रागेचाैर शाखाका शाखा प्रमुख सुनिल शाहको भनाइ छ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार १९:५२

प्रतिक्रिया दिनुहोस्