Logo

२५ बैशाख २०८१, मंगलवार

सल्यान खलंगा – सुर्खेत सडक खण्डमा गरेको कालोपत्रे एक सातामै उप्कियो 


खबर ग्यालरी


सल्यान, २९ असार ।
सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने खलंगा – बालुवासंग्रही सडक खण्डमा गरिएको कालोपत्रे एक सातामै उप्किएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ को ज्यामिरे बाबियाचौरमा केही दिन अगाडि कालोपत्रे गरिएको थियो ।

कालोपत्रे गुणस्तरहिन हुदा एकहप्तामा नै उप्किएको स्थानिय बताउँछन् । पानी परिरहेको समयमा सुर्खेतबाट सामाग्री ढुवानी गरेर एक हप्तामा नै गुणस्तरहिन काम निर्माण व्यवसायिले गरेको स्थानिय बताउँछन् । स्थानिय पुलसिंह यरीले यस सडकको काम गुणस्तरहिन भएको बताउनुभयो । ‘पानी परिरहेको थियो, हतार–हतारमा ठेकेदारले काम गरेका हुन्, यो सडकको गुणस्तर छैन्, घुम्तीको सडक सबै उप्किएको छ, गाडी हिलोमा जसरी फस्छन्’ उहाँले भन्नुभयो ‘यो सरासर पैसा पचाउने मेसो भयो, गुणस्तरहिन काम गर्ने अधिकार कसैलाई छैन् ।’ उहाँले पानी परे ८/१० दिनमा नै कालोपत्रे बगेर जाने बताउनुभयो ।

प्राकृतिक निशान जेभिका संचालक डिल्ली केसीले ज्यामिरे बाबियाचौर सडक खण्डको ठेक्का लिनुभएको थियो । कालोपत्रे उप्किए पछि अहिले सामाजिक संजालमा यसको ब्यापक विरोध समेत भएको छ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार ०८:५८

प्रतिक्रिया दिनुहोस्